अर्थ व्यवसाय
काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भइरहेको छ ।
दसैं नजिकिँदै गर्दा पसलहरुमा ग्राहक नभए पनि सडकमा मानिसहरुको भिड देख्न सकिन्छ । साँझ हुँदै गएपछि काठमाडौंको वसन्तपुरमा युवाहरुको चहलपहल बद्न थालेसँगै बेलुन, चटपटे, पानीपुरी बेच्नेहरुको भिड पनि देखिन थालेको छ ।
यहाँ व्यापार गर्न आउने र घुम्न आउनेहरुले न त कुनै सामाजिक दूरी कायम गरेको देखिन्छ, न स्वस्थ्य सुरक्षाको कुनै मापदण्ड नै कायम गरेको छ, मानौं यहाँ कुनै किसिमको रोग नै छैन ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७ २०:०८
प्रतिक्रिया दिनुहोस्