विशेष
विराटनगर । विराटनगरमा दसैं किनमेल सुरु भएको छ । बजारमा मानिसहरुको चहलपहल बढेसँगै व्यापार पनि बढेको छ ।
व्यापारीका अनुसार विगत जस्तो भारतको जोगबनीमा यो पटक किनमेल गर्न नेपालीले जान पाएका छैनन् । विराटनगरमै किनमेल गर्ने बढ्न थालेपछि व्यापारसमेत बढेको हो ।
कोभिड १९ को असरका कारण दसैंको बजार विगतको जस्तो नभए पनि लत्ताकपडा खरिद गर्नेहरुले बजामा चहल पहल बढेको देखिन्छ ।
विराटनगर बजारको व्यापार भारतको सिमानाका बन्द भएका कारण अहिले केही बढेको स्वयम् व्यापारीहरु बताउँछन् ।
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७ १३:१५
प्रतिक्रिया दिनुहोस्