site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्याग्रहीप्रति मूकदर्शक राष्ट्रपति !

काठमाडौं । गोरखाका नन्दप्रसाद अधिकारी आफ्ना छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनसनमा थिए । तत्कालीन राष्ट्रपति डा. रामवरण यादव अनसनस्थलमै पुगेर उनले राखेका मागबारे चासो राखेका थिए । 

त्यस्तै, यादव नै राष्ट्रपति हुँदा डा. गोविन्द केसीको अनसन सुरु भएको थियो । अनसनमै अधिकारीको ज्यान गएपछि त्यस्तो घटना अब दोहोरिनुहुँदैन भन्‍नेमा यादवले विशेष जोड दिने गरेको उनका तत्कालीन प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए । 

डा. केसीको आन्दोलन जारी रहँदा राष्ट्रपति रहेका यादवले प्रधानमन्त्री र मन्त्रीहरुलाई बोलाएर अनसनका बारेमा पटक-पटक ध्षनाकर्षण गराएको पनि दाहालले जानकारी दिए । तत्कालीन राष्ट्रपति यादवले शीतलनिवासमै बोलाएर केसीले उठाएका मागका बारेमा प्रधानमन्त्री र मन्त्रीहरुलाई भन्दा उनीहरुले दबाबको महसुस गर्ने गरे पनि सरकारलाई 'ह्यारेस' गर्ने गरी बाहिर भने  अभिव्यक्ति नदिएको दाहालले बताए । 

डा. केसी अनसन बसेको त्रिवि शिक्षण अस्पतालमै पुगेर केही दिनअघि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । डा.केसीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरे । 

डा. केसी अनसनमा रहेको विषयमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी भने मौन देखिएकी छन् । उनले अनसनमा बसेर स्वास्थ्य अवस्था कमजोर बन्दै गएका सत्याग्रहीको जीवनरक्षामा कुनै चासो नदेखाएको नागरिक अगुवाहरु बताउँछन् । उसो त, राष्ट्रपति भण्डारीमाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढ दल नेकपाको छायाँ बनेको आरोप नै लगाएको थियो । 

राजनीतिक दल  विभाजनसम्बन्धी अध्यादेश प्रधानमन्त्री केपी ओलीले ल्याउन खोज्दा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले भेटेरै राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएका थिए । दाहालले त्यसरी भेट गर्नु पछाडि सरकारले भनेपछि त्यसलाई कार्यान्वयन गरिहाल्ने होकी भन्‍ने त्रासले पनि काम गरेको थियो  । 

मानवअधिकारवादी चरण प्रसाईं राष्ट्रपति विद्यादेवी भण्डारीले गंगामाया अधिकारी अनसन बस्दा चासो राखेको बताए । तर, डा. केसीको अहिले जारी सत्याग्रहका बारेमा भने चासो लिएको आफ्नो जानकारीमा नभएको उनले बताए । 

"राष्ट्रपति देशकै अभिभावकको हैसियतले डा. केसीले शान्तिपूर्ण रुपमा असल उद्देश्य राखेर गरेको सत्याग्रहमा सरकारको ध्यानाकर्षण गराउनुभएको भए राम्रो हुन्थ्यो," उनले भने, "डा. केसीको अवस्था कतिबेला के हुन्छ ? यसै भन्‍न सकिने अवस्था छैन । यसकारणले गर्दा मेरो विचारमा राष्ट्रपतिले सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने हो । एउटा नागरिकको जीवन जोखिममा छ । सरकारले नरअन्दाज गरेर बस्‍न मिल्दैन भनेर भन्‍नु राष्ट्रपतिको दायित्व हो भन्‍ने लाग्छ ।"

उनले अनसनमा रहँदा गंगामायाको आन्दोलनमा ध्यानाकर्षण भएको भनेकाले पनि डा. केसीको सत्याग्रहमा पनि राष्ट्रपतिले सरकारको ध्यानाकर्षण गराएको भए हुने जस्तो आफूलाई लागेको बताए । 

डा. केसी २६ दिनदेखि अनसनमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । केसीको जीवनरक्षको माग गर्दै माइतीघर र त्रिवि शिक्षण अस्पतालसहित देशका विभिन्‍न भागमा दबाब कार्यक्रम समेत भए । तर, सरकारले केसी अनसन बसेको २४ औं दिनमा मात्र वार्ता समिति बनायो । अहिले केसी र सरकारको वार्ता समितिबीच छलफल हुँदैछ । केसीको मागका पक्षमा चर्को जनादबाब सिर्जना भएपछि सरकारले वार्ता समिति बनाएकाले सहमति नजिक रहेको वार्ता टोलीका एक सदस्यले बताए । 

फाइल तस्बिर ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro