काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा पनि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा मानिसहरुको अलिअलि भिड देखिए पनि व्यापार नभएको व्यवसायीहरु बताउँछन् ।
दसैं, तिहार, छठलगायत ठूला चाडपर्व नजिकिँदै गए पनि काठमाडौं उपत्यकाका प्रमुख व्यापरिक बजारमा चहलपहल देखिए पनि पसलहरु भने प्राय: खाली जस्ता छन् । असनका एक व्यापारी भन्छन्, ‘‘मानिसहरुको चहलपहल अलिअलि बढेको छ । तर व्यापार छैन, बाटामा भिड मात्रै देखिन्छ ।’’ विगतका वर्षहरुमा दसैं नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका व्यापार सुस्ताएको व्यवसायीहरु बताउँछन् ।
असन, न्युरोड, दरबारमार्ग, ठमेललगायत बजारका पसलेहरु यतिबेला सुनसानकै अवस्थामा छन् । केही पसलहरु खुले पनि अधिकांश पसलहरु बन्द छन् ।