site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रशिक्षण कार्यविधि बनाउन एन्फालाई राखेप सदस्य-सचिवको निर्देशन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय टोलीको प्रशिक्षणका लागि कार्यविधि बनाउन राष्ट्रिय खेलकुद परिषद्‍का (राखेप) सदस्य-सचिव रमेशकुमार सिलवालले  निर्देशन दिएका छन् । 

एन्फाले पछिल्लो समय विश्वकप छनोटदेखि मैत्रीपूर्ण खेलाडीको प्रशिक्षण गराउने वातावरण मिलाउन सदस्य-सचिव सिलवालसँग अनुरोध गरेको थियो ।  बुधबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र सदस्य-सचिव सिलवालबीच राष्ट्रिय टोलीको प्रशिक्षणका विषयमा छलफल भएको थियो । छलफलमा सदस्य-सचिव सिलवालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र फिफाको स्वास्थ्य प्रोटोकलअनुसारको लिखित कार्यविधि बनाएर आउन आग्रह गरेका थिए ।

“राष्ट्रिय टोलीको प्रशिक्षणका लागि एन्फा अध्यक्ष र मेरो भेट भयो । मैले कुनै पनि खेलाडीलाई असर नपरोस् भन्‍ने हिसाबले (डब्लूएचओ) र फिफाको स्वास्थ्य प्रोटोकलबमोजिम लिखित कार्यविधि बनाएर आउन निर्देशन दिएको छु । अब एन्फाले कस्तोखाले कार्यविधि ल्याएर अउनेछ । सोहीअनुसार राखेपले जवाफ दिनेछ,” सदस्य-सचिव सिलवालले बाह्रखरीसँगको कुराकानीमा भने ।

एन्फा अध्यक्ष शेर्पाले अब (डब्लूएचओ) र फिफाको स्वास्थ्य प्रोटोकलअनुसार कार्यविधि बनाएर राखेपबाट स्वीकृत लिएर प्रशिक्षण सुरु गर्ने योजना भएको बताए । नेपालले फिफा विश्वकप छनोटको खेलभन्दा पहिले केही मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro