site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देउखुरीको स्वर्गद्वारी आश्रममा आगलागी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । देउखुरीको वनगाउँस्थित स्वर्गद्वारी आश्रमको गोदाममा आगलागी हुँदा करिब २० लाख बराबरको क्षति भएको छ । आश्रममा कोही नभएको बेला सोमबार बेलुका विद्युत सट भइ आश्रमको गोदाममा रहेका साल र सिसौका काठ जलेर नष्ट भएको स्वर्गद्वारी आश्रमका कर्मचारी पूर्णबहादुर चौधरीले जानकारी दिए ।

आफू नजिकैको खेतमा काम गरेर फर्किँदै गर्दा एक्कासी उक्त भवनमा कालो मुस्लो देखेपछि उनले प्रहरीलाई खबर गरेको बताए । 

लाइन सट भएर आगलागी हुँदा करिब २० लाखको क्षति भएको कर्मचारी चौधरीले बताए । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमहीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । गोदाममा राखिएको काठ सबै जलेर नष्ट भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC