site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सडकमा शव राखेर विरोध प्रदर्शन
सुनसरीको इटहरीचोकको दृश्य । फाइल तस्बिर ।

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सप्तकोसी न्युरो अस्पतालको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयवासीले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन् ।

यही कात्तिक २५ गते व्यवसायी दुर्गा प्रसाईं सवार वाग्मती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीले कोसी गाउँपालिका–३ स्थित नहरचोकमा को१८प ७६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका स्थानीय ६० वर्षीय फुलेश्वर मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो ।

मेहतालाई उपचारका निम्ति सुरुमा सप्तकोसी न्युरो अस्पतालमा ल्याइएको थियो । त्यहाँ लापरबाहीपछि बिरामीमा थप समस्या देखिएको भन्दै उपचारका निम्ति विराटनगरस्थित नोबल अस्पतालमा पठाइएकामा शुक्रबार मेहताको मृत्यु भएको थियो ।

आफन्तले मेहता प्रसाईंको गाडीको ठक्करबाट घाइते भएका र उनकै सालो अध्यक्ष रहेको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । उनकी छोरी किरणकुमारी मेहताले अस्पतालको लापरबाहीका कारण बुवाको मृत्यु भएको भन्दै भोक्राहा–४ स्थित पूर्वपश्चिम राजमार्गमा शव राखेर विरोध प्रदर्शन गरिएको बताइन् ।

पीडित परिवारले चक्काजाम गरेपछि क्षतिपूर्ति र रोजगारी दिने सहमतिपश्चात् यातायात सञ्चालनमा ल्याइएको छ । क्षतिपूर्तिबापत न्युरो अस्पतालले नगद आठ लाख र इन्स्योरेन्सबापत पाँच लाख गरी १३ लाख रुपैयाँ उपलब्ध गराउने सहमति जुटेको कोसी गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले जानकारी दिए ।

यस्तै, शैक्षिक योग्यताअनुसार परिवारका दुईजनालाई रोजगारी र परिवारका सदस्यको आजीवन उपचार गर्ने समेत दुईपक्षीय सहमति भएको अध्यक्ष अंसारीले बताए । अस्पतालले उपचारका क्रममा कुनै लापरबाही नभएको दाबी गर्दै आएको थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  २२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro