site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
उपत्यकाका मेयर भन्छन्– विज्ञप्तिबाहेक संघको सहयोग पाइएन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपत्यकामा दैनिकजसो कोरोना संक्रमितको संख्या बढिरहेको छ । बुधबार मात्र काठमाडौंमा ३ सय ५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, यहाँका केही स्थानीय तहका प्रमुखहरु भने कोरोनाविरुद्ध लड्न आफ्नो स्थानीय तह तयार रहेकाले ढुक्क भएको बताउँछन् । 

उनीहरुले आफुहरुले आफ्नो नगरपालिका र गाउँपालिकालाई कोरोना संक्रमणबाट बचाउन सतर्कता अपनाइरहेको भन्दै आफुहरु त्रासमा नरहेको बताएका हुन् ।  गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले केही दिनभित्र कोरोना संक्रमितको संख्या शून्यमा झार्ने बताए ।  अहिलेकै अवस्थामा एक हप्ताभित्रमा नगरपालिकामा कोही पनि कोरोना संक्रमित नदेखिने अवस्थामा पुग्ने उनले बताए ।

गोकर्णेश्वर नगरपालिकामा हालसम्म १ सय ३ जनामा कोरोना पोजेटिभ देखिएकोे छ ।  जसमध्ये अहिले धेरैलाई निको भइसकेको र ५२ जनामा मात्र कोरोना संक्रमित रहेको मेयर चालिसेले बताए ।  कोरोना पोजेटिभ देखिएकामध्ये १६ जना अस्पतालमा रहेको र अरु होम क्वारेन्टिनमा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

संक्रमितहरुको अवस्था सामान्य रहेको उनले बताए । “आईसीयू  भेन्टिलेटर कसैले पनि प्रयोग गरेका छैनन् । त्यस्तो चिन्ताजनक अवस्था छैन,” उनले भने,“ केही दिन यता नगरपालिकामा कोरोना पोजेटिभ भेटिएको छैन । क्वारेन्टिनमा रहेकाहरुको पनि १४ दिन पूरा हुँदैछ । संक्रमित शून्यमा झार्ने नगरपालिकाको योजना छ ।” 
नगरपालिकाले ८ सय बढीको कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआर परीक्षण गरिसकेको उनले बताए । 

७५ बेडको क्वारेन्टिन भर्खरै तयार गरिएको र सय बेडको बिरामीनै राख्ने आइसोलेसन वार्ड नेपाल मेडिकल कलेजमा तयार राखिएको मेयर चालिसेले जनाए ।  त्यस्तै, २ वटा एम्बुलेन्स र ११ जनाको ‘क्विक रेस्पोनस टिम’ र ५ सय जनाको स्वयंसेवक टोली पनि नगरपालिकाले तयारी अवस्थामा राखेको छ । 

Global Ime bank

त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकामा पनि कोरोनाका कारण कोही पनि गम्भीर अवस्थामा छैनन् । उपत्यकामा सुरुमा यही नगरपालिकामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने केहीलाई कोरोना पोजेटिभ देखिएको थियो । नगरपालिकाका मेयर कृष्णहरी थापाले हालसम्म नगरपालिकामा १ सय १५ जनामा कोरोना पोजेटिभ देखिएको बताए । 

जसमध्ये ६१ जना निको भइसकेको र ६४ जना होम क्वारेन्टिनमा रहे पनि सबैको अवस्था सामान्य रहेको उनले जानकारी दिए । त्यस्तै, नगरपालिकाले ६५ बेडको क्वारेन्टिनमै थपेर सय बेडको आइसोलेसन वार्ड बनाउन लागिएको र त्यसका लागि अलग्गै घरसमेत भाडामा लिइसकेको बताए ।  “आइसोलेसनमा राख्न पनि सुरु गरिसकेका छौं । १० जना आइसोलेसनमा बसेर निको भएर गइसक्नुभयो,” उनले भने, “पीसीआर परीक्षणका लागि हप्ताको २ दिन स्वाब संकलन गरिरहेका छौं । अहिलेसम्म २८ सयजनाको पीसीआर परीक्षण भइसकेको छ ।” 

नगरपालिकाले कोरोना परीक्षणको शूल्क आफैँले बेहोर्दै आएको छ ।  त्यस्तै, नगरपालिकाले छिमेकी नगरपालिकाबाट परीक्षणका लागि आएमा पनि गरिदिने निर्णय गरेको पनि जानकारी दिए ।  उपत्यकाकै ललितपुर जिल्लाको महांकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले अहिले गाउँपालिकामा कोरोना संक्रमित नै नरहेको बताए । 

२ जनामा कोरोना पोजेटिभ देखिए पनि गाउँपालिकाले २८ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको थियो ।  “आज २८ जनाको रिपोर्ट आयो । सबैको नेगेटिभ आएको छ । पहिला पोजेटिभ देखिएकाहरुको रिपोर्ट पनि नेगेटिभ आयो,” उनले भने ।  त्यस्तै, कसैलाई कोरोना पोजेटिभ पुष्टि भएमा उनीहरुलाई गाउँपालिकाले नै राख्ने व्यवस्था गरिएको उनले बताए । 

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले आफ्नो स्वाब पनि परीक्षणका लागि पठाइएको बताए । 

“बुधबार दिउँसो सँगै रहेको एकजना वडाअध्यक्षलाई कोरोना पोजेटिभ देखिएछ । मेरो पनि स्वाब परीक्षणमा पठाएको छ,” उनले भने ।  कोभिड १९ का कारण उपत्यकामा बुधबारबाट फेरि २४ गतेसम्म निषेधाज्ञा थप भएको छ । 

केन्द्रबाट विज्ञप्ति मात्र आयो, अरु सहयोग आएको छैन 

कोरोना नियन्त्रण र रोकथामका नाममा १२ अर्ब बढी रकम संघीय सरकारले खर्च गरिसकेको छ ।  तर, उपत्यकाका स्थानीय तहका प्रमुखहरु अहिलेसम्म संघबाट आफुहरुले केही नपाएको बताउँछन् ।  गोकर्णेश्रर नगरपालिकाका मेयर चालिसेले अहिलेसम्म कोरोनाका नाममा संघबाट एक रुपैयाँ पनि बजेट नआएको बताए । 
उनले भने, “सरकारबाट केही आएको छैन । नगरपालिकाले आफ्नै व्यवस्थापनमा सबैकुरा गरिरहेको छ । केन्द्रले विज्ञप्ति जारी गर्छ । विज्ञप्तिमा भनिएको जानकारीबाहेक अहिलेसम्म सहयोग आएको छैन ।” 

त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर थापाले संघबाट केही सहयोग आउने जानकारी आए पनि अहिलेसम्म नआउको बताए । “५ बेडका लागि १० लाख पठाउने भनेको छ रे । प्रदेश सरकारको टोली अनुगमनमा आएर ४०–५० लाख दिने भनेर हेरेर गएको छ,” उनले भने, “आउने कुरा भयो । अहिलेसम्म आइसकेको छैन ।” 

ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष दाहालले पनि कोरोनाको नाममा संघीय सरकारबाट आर्थिक सहयोग अहिलेसम्म केही पनि नपाएको बताए ।

“संघबाट सहयोग आउँछ भन्ने त सुनेको छु । अहिलेसम्म केही पनि दिएको छैन,” अध्यक्ष दाहालले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !