site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खराब सडक र बन्द–हड्तालले हवाई यात्रुको चाप बढ्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडानको संख्या बर्सेनि बढ्दो क्रममा छ । अव्यवस्थित सडक तथा असहज सार्वजनिक सवारीका कारण हवाई कम्पनीहरुमा यात्रुको चाप थपिँदै गएको छ । सन् २०१७ को पहिलो तीन महिनाको तथ्यांक हेर्ने हो भने पनि हवाई यात्रुको संख्या बढ्दै गएको स्पष्ट हुन्छ । 

गत जनवरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ सय ३३ वटा उडानमार्फत १ लाख ६० हजार यात्रु काठमाडौंबाट बाहिरिएको तथ्यांक छ । उक्त महिनामा १३ सय ३४ पटक विमान अवतरण भएका भएका थिए, जसमार्फत १ लाख ५८ हजार ८३८ यात्रु काठमाडौं भित्रिएका थिए । जनवरीमा काठमाडौं अवतरण गर्ने र बाहिरिएका २ हजार ६६७ उडानमार्फत ३ लाख १८ हजार ८३८ जनाले हवाई यात्रा गरेको तथ्यांक छ ।

०१७ को फेबु्रअरीमा भने यो संख्यामा केही कमी आएको छ । फेब्रुअरीमा २५ सय ४९ उडानमार्फत २ लाख ६६ हजार १४३ यात्रुले यात्रा गरेको विमानस्थलको तथ्यांकमा उल्लेख छ । 

यस्तै, मार्च महिनामा हवाई कम्पनीहरुको उडान संख्या र यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । मार्चमा २९ सय ३२ वटा उडान भएको थियो । उक्त महिनामा हवाई यात्रा गर्दै १ लाख ९० हजार ८३९ यात्रुले काठमाडौं छोडे भने १ लाख ६३ हजार २३ यात्रु काठमाडौं भित्रिए । मार्चमा जम्मा ३ लाख ५३ हजार ८६२ यात्रुले हवाई यात्रा गरेका छन् । 

यही अनुपातमा कार्गोमा पनि वृद्धि हुँदै गएको तथ्यांकमा उल्लेख छ । “खराब सडक, बन्द हड्ताललगायत कारण भरपर्दो सडक यात्रा नहुँदा हवाई यात्रुको संख्या बढेको हो,”  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेम ठाकुर भन्छन्, “प्रत्येक वर्ष हवाई यात्रुको चाप थपिँदै गएको छ । यो तथ्यांक हेर्दा यो क्रम जारी रहने देखिन्छ ।” 

वायु सेवा कम्पनी थपिँदै गएका कारण भाडादर सस्तो हुनु पनि हवाई सेवामा चाप बढ्नुको अर्को कारण हो । अहिले नेपालमा अन्तर्राष्ट्रिय २८ कम्पनीका जहाज र नेपालका २० वटा (हेलिकप्टरसहित) कम्पनीका जहाजले आन्तरिक तथा बाह्य उडान भर्दै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०७४  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro