site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
दाङमा आजदेखि दोस्रो चरणको लकडाउन सुरु
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा आजदेखि दोस्रो चरणको लकडाउन सुरु भएको छ ।

लकडाउन सुरु भएसँगै दाङ सुनसान छ । समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भएपछि दाङको तुलसीपुर, घोराही, लमही, भालुवाङ, नारायणपुर, हापुरेलगायत अन्य बजार पनि सुनसान छन् । जिल्ला प्रशासन कार्यालय दाङले भदौ २१ गते राति १२ बजेसम्म लकडाउन गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउन कडाइका साथ लागु गरिने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । उनले मानिसहरुको हिँडडुललाई नियन्त्रण गर्ने, अत्यावश्यकबाहेक सवारीसाधनहरुलाई नियन्त्रण गर्ने, एक सातासम्म सम्पूर्ण व्यापार, व्यवसाय बन्द गर्ने बताएका छन् । यो अवधिमा उद्योग, कलकारखाना, यातायात, बजार, कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहने समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

पछिल्लो चरणमा जिल्लाको घोराही, तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिकामा समुदाय स्तरमा कोरोना भाइरसका संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाउँदै जिल्लालाई नै पूर्ण रूपमा निषेधाज्ञा लगाउनुपरेको उनले बताए ।

Global Ime bank

समुदाय स्तरमा कोरोना संक्रमण फेला परेपछि राप्ती उपक्षेत्रिय अस्पताल तुलसीपुर, घोराही १० को क्षेत्र, राप्ती गाउँपालिकाको वडा १, ४ र ८ का ५ वटा टोल अहिले सिल गरिएको छ । तुलसीपुर क्षेत्रका केही स्थान पनि उच्च निगरानीमा राखिएको छ । यसअघि स्थानीय प्रशासनले भदौ १ बाट जिल्लामा अनिश्चितकालीन रात्रिकालीन निषेधाज्ञा लगाएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । त्यसमध्ये ६९८ जना उपचारपछि घर फर्किसकेका छन् । जिल्लामा हाल सक्रिय संक्रमित ७२ जना छन् । त्यसमध्ये २ जनाको भने मृत्यु भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC