site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले/कांग्रेस सहकार्य भड्काउने खेलमा विपक्षी लागे : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले एमाले–कांग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

उनले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको र कुनै पनि समयमा नेतृत्वमा नरहन सक्ने उल्लेख गरे । अब १३ महिनापछि फेरि नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिने दाबी गरे । उनले एमालेको उद्देश्य मिसन ०८४ रहेको तथा यो अन्योल र अमूर्त कुरा नरहेको जिकिर गरे । मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने मिसन भएको बताए ।

Argakhachi Cement Island Ad

"आज हामी सरकारको नेतृत्व गरिरहेका छौँ, कुनै पनि समय नेतृत्वमा हुँदैनौँ । अब १३ महिनापछि फेरि हामी नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिन्छौँ । हामीले सम्झौता गरेका छौँ । हाम्रो उद्देश्य मिसन ०८४ यो कुनै अन्योलको अमूर्त कुरा होइन । मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई, यो देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने हो," ओलीले भने । 

प्रधानमनत्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत ०६४ सालको जस्तै लहर आइसक्यो भन्ने गरेको र बहुमत ल्याउने सपना देखिरहेको उल्लेख गरे । 

 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्