site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको ‘अड्को’ कायमै, सत्तापक्षको प्रस्ताव अस्वीकार
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोधमा रहेको रास्वपाले आफ्नो अडान कायमै राखेपछि आइतबार पनि संसद् चल्न सकेन । आइतबार पनि केहीसमय बैठक राखेर स्थगित गरिएको थियो ।
गृहमन्त्रीको राजीनामाबाट लचक भएको माओवादी र नेकपा एस भने सत्तापक्षको प्रस्ताव मान्न तयार भएको छ ।

सत्तापक्षले भिजिट भिसा प्रकरणमा अख्तियारलाई सहयोग गर्ने आसयको प्रस्ताव तयार पारेको छ । तर अख्तियारले अनुसन्धान टुंग्याएपछि के गर्ने भन्ने विषयमा अहिले नै सहमति कायम हुनुपर्ने रास्वपाको अडान छ ।

Argakhachi Cement Island Ad

एमालेका नेता योगेश भट्टराईका सत्तापक्षले अख्तियारको छानबिन सकिएपछि समिति बनाउने वा नबनाउने केही भनेको छैन । अख्तियारलाई सहयोग गर्ने भन्ने प्रस्ताव छ ।  तर रास्वपाले अख्तियारले अनुसन्धान सकिसकेपछि के गर्ने भन्ने विषयमा अहिले नै लिखित सहमति हुनुपर्ने अडान राखेको थियो ।

रास्वपाको अडानपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । “माओवादी पनि सहमत छ । अख्तियारको छानबिन सकिएपछि के गर्ने भन्नेमा ‘जेन्टलमेन्ट एग्रीमेन्ट’ होलाजस्तो छ,” नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ।
 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्