site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जहाज किन्न नागरिक लगानी कोषसँग १२ अर्बको ऋण सम्झौता
SkywellSkywell

काठमाडौं । दुई वटा वाइडबडी हवाइजहाज खरिदका लागि नेपाल वायुसेवा निगमले सोमबार नागरिक लगानी कोषसँग ऋण सम्झौता गरेको छ । निगम र लगानी कोषबीच १२ अर्ब रुपैयाँको ऋण सम्झौता भएको हो । ९ प्रतिशत ब्याजदरमा उक्त ऋण सम्झौता भएको हो । 

यसअघि आइतबार कर्मचारी सञ्चय कोषसँग पनि १२ अर्बकै ऋण सम्झौता भएको थियो ।  ९ र १२ प्रतिशतमा सौदाबाजी हुँदा करिब एक महिनाअगाडि नै हुने भनिएको ऋण सम्झौता हुन सकेको थिएन । विमान खरिदका लागि निगमले २४ अर्ब ऋण लिएको हो ।

“१५ वर्षमा तिर्नेगरी ऋण सम्झौता भएको छ,” निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने, “पहिलो किस्ताको रकम चाँडै लिने प्रक्रिया पनि सुरु भइसकेको छ ।”

KFC Island Ad
NIC Asia

पूर्व निर्धारित मितिमै ऋण सम्झौता हुन नसक्दा निगमले समयमै जहाज खरिद गर्न अमेरिकी कम्पनी एएआरलाई बैना रकम पठाउन सकेको छैन । निगमका सहप्रक्ता शैलेष कंसाकारले अर्को हप्तासम्म दुवै कम्पनीबाट पहिलो किस्ताको चार-चार अर्ब ऋण लिने तयारी भइरहेको बताए । उक्त रकम लिनेबित्तिकै निगमले एएआरलाई बैना रकम पठाउनेछ । 

निगमले गत वर्ष माघ महिनामा ३०० सिरिजको दुईवटा ‘वाइड वडी’ जहाज किन्न खरिद सम्झौता गरेको थियो ।

Royal Enfield Island Ad

व्याजदरसँगै प्रस्तावित सम्झौताका केही प्रावधानमा स्पष्ट नभएका कारण सम्झौतापत्रमा हस्ताक्षर हुन ढिलो भएको थियो । सम्झौताका लागि तोकिएको समयमा जहाज खरिद गर्ने बेला हतारमा गरिएका सम्झौताका कतिपय बुँदाहरु स्पष्ट भएको र त्यसले पछि विवाद उत्पन्न गर्न सक्ने भन्दै दुवै निकायले निगमलाई पत्राचार गरेका थिए । 

निगमले एएआरसँग २०७३ चैत २५ गते दुईटा वाइडबडी किन्ने सम्झौता गरेको थियो । सम्झौता अनुसार दुई जहाजको मूल्य २१ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ पर्नेछ । सम्झौताअनुसार पहिलो वाइडबडी विमान ०७५ असार १६ गतेभित्र र त्यसको एक महिनापछि अर्को विमान आइपुग्नेछ । 

निगमले २८० सिट क्षमताको वाइडबडी ए ३३०–२०० खरिद गर्न लागेको हो । विमानमा १६ वटा बिजनेस क्लास र २६४ इकोनोमी क्लासका सिट छन् । 

नयाँ विमान खरिद गरेपछि निगमको नयाँ एयरबसले दमाम, सिओल, सिड्नी र टोकियोमा नियमित उडान गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०७४  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro