site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धेरै कुरा सकारात्मक आएको छ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सरकारको नीति तथा कार्यक्रम कार्यक्रम सकारात्मक रूपमा आएकोले स्वागतयोग्य भएको बताए । ‘बिरालो बाँधेर श्राद्ध गर्ने’ परम्पराजस्तै रहेको भन्दै उनले नीति तथा कार्यक्रममा धेरै कुरा सकारात्मक आएकाले नकारात्मक रूपमा नलिनसमेत आग्रह गरे ।

“वास्तवमा बिरालो बाँधेर श्राद्ध गर्ने परम्पराजस्तै भएको छ । संविधान संशोधन सहमतिमै गरौँ । गर्न नसकिने योजना खारेज गरौँ,“उनले भने, “सकिनेमात्र गरौँ भन्ने नयाँ कुरा आएको छ । यो सकारात्मक छ । फजुल खर्च रोक्न प्रक्रिया अघि बढाऊँ भन्ने विषय स्वागतयोग्य छ ।” 

उनले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्ने, सडक परियोजनालगायतबारे सकारात्मक कार्यक्रम आएको बताए । 

राष्ट्रिय पुँजीलाई आधार मानेर बजेट ल्याउनुपर्ने भए पनि ऋणमा बजेट बनाउनुपर्ने भएकाले कतिपय त्रुटि हुने गरेको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro