काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स भएको एलजीको वासिङ मेसिन नेपाली बजारमा आएको छ ।
यस वासिङ मेसिनमा एआईडीडीजस्ता लेटेस्ट प्रविधि रहेको जनाइएको छ । जसले कपडाको तौलका साथै कोमलता, नाजुकताजस्ता विशेषता पत्ता लगाउँछ र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउने कम्पनीले जनाएको छ । यो वासिङ मेसिनले अत्याधुनिक तरिकाले कपडा धुने जनाइएको छ ।
वासिङ मेसिनमा स्टिम प्लस टीएम प्रविधि रहेको र त्यसले कपडाको हरेक रेसारेसाभित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्ने दाबी कम्पनीको छ । मेसिनमा कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्दतले रिन्ज र स्पिनका बेला मेसिनलाई स्थिर, लो-नोइज र कम्पन मुक्त गर्ने पनि जनाइएको छ ।
नेपालमा एलजी ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इम्पेक्स प्रालि छ ।