site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
समायोजन टुंग्याउँदै जनता समाजवादी पार्टी, समायोजन निर्देशिका तयार
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच एकता भएर गत असार २८ गते जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भयो । तर, समायोजनको कार्यविधि तय नहुँदा एक महिनासम्म पनि अघि बढ्न नसकेको पार्टी समायोजन प्रक्रिया बल्ल अघि बढ्ने भएको छ । जनता समाजवादी पार्टीको सचिवालयले संगठनको समायोजन निर्देशिका बुधबार पारित गर्दै जिल्ला तहमा समेत पठाइसकेको छ । 

“पूर्व राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भइ गठन भएको दुवै पार्टी संगठन, समितिहरु, जनवर्गीय, भ्रातृलगायत संगठन समायोजन गर्न समायोजनसम्बन्धी निर्देशिका ०७७ पारित गरेको छ,” बुधबार अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त हस्ताक्षर गर्दै परिपत्र पठाएका छन् । 

समायोजन निर्देशिका टुंगो लगाएर जिल्ला पठाएपछि पार्टीका संगठन समायोजन अब अघि बढ्ने केन्द्रीय सदस्य केशव झाले जानकारी दिए । जनता समाजवादी पार्टीको ५१ सदस्यीय कार्यकारिणी समिति छ । तर, केन्द्रीय समिति गठन, भ्रातृ संस्था र जिल्ला समितिहरुको समायोजन गर्न भने बाँकी नै छ । 

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रीय समिति गठनका लागि छलफल 
जनता समाजवादी पार्टीको केन्द्रीय समिति गठन गर्न गृहकार्य भइरहेको छ । जिल्लामा समायोजनका लागि निर्देशिका पठाइसकेपछि केन्द्रमा पनि नेताहरु छलफलमा जुटेका छन् । पूर्वसंघीय समाजवादी र पूर्वराजपा दुवैले आ-आफ्नो तयारी गरिरहेका छन् । तत्कालीन राजपाका एक अध्यक्षसमेत रहेका राजकिशोर यादवले केन्द्रीय समिति गठन र समायोजनलाई पूर्णता दिन आफूहरु छलफलमै रहेको बताए ।

“आज राजपाको  ६ जना अध्यक्ष बस्‍ने कुरा थियो । निषेधाज्ञाका कारण बैठकमा जानसक्ने अवस्था भएन । भोलि १ बजे बस्‍ने कुरा छ,” नेता यादवले भने । मंसिर मसान्तसम्म समायोजन सकिसक्ने समाजवादी पार्टीको तयारी छ । केन्द्रीय समितिमा कसरी कार्यविभाजन गर्ने भन्‍नेबारे आन्तरिक छलफल भइरहेको छ । बुधबार पूर्वसमाजवादीका नेताहरुले आफ्नोतर्फबाट तयारी गर्न छलफल गरेका थिए । 

Global Ime bank

महन्थ ठाकुर अध्यक्ष रहेर केन्द्रीय कार्यकारिणी समिति गठन भएपछि तत्कालीन राष्ट्रिय जनता पार्टीका केही अध्यक्ष असन्तुष्ट थिए । पार्टी एकतापछि अध्यक्ष राजकिशोर यादव र अनिल झा केही समय असन्तुष्ट रहे । उनीहरु एकता प्रक्रियामा निस्क्रियजस्तै रहे । तर, सार्वजनिक रुपमा भने उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिएनन् । पटक-पटक अध्यक्ष ठाकुर र राजेन्द्र महतोले यादव र झालाई फकाउने प्रयास गरेका थिए । स्रोतका अनुसार अहिले पुनः यादव सक्रिय भएका छन् । 

छिट्टै केन्द्रीय समिति गठन हुने र त्यसले महाधिवेशन गर्ने जसपाका नेता झाले जानकारी दिए । कोरोना भाइरसका कारण लकडाउन हुँदा पनि केन्द्रीय समिति गठन र संगठन समायोजनमा ढिलाइ हुन गएको उनको भनाइ छ । 

यसरी हुनेछ समायोजन 
राष्ट्रिय जनता पार्टीको ५३ र समाजवादी पार्टीको ७७ जिल्लामै जिल्ला समिति छ । राजपाको जिल्ला समिति नरहेका जिल्लामा पनि कार्यकर्ताहरु छन् । राजपाको जिल्ला समिति नभएको ठाउँका नेता-कार्यकर्ता समाजवादी पार्टीको जिल्ला समायोजनमा समाहित हुनेछन् । समायोजन निर्देशिकामा समायोजनको नीति तथा मापदण्ड प्रष्ट पारिएको छ । 

जसमा, ‘समितिको अध्यक्षलगायत नेतृत्व चयन गर्दा सम्बन्धित स्थानका पार्टी सदस्य संख्या, मातहतका समितिहरु, भ्रातृ, जनवर्गीय संगठनहरुलगायत संगठनात्मक स्थिति, पछिल्लो निर्वाचन परिणाम र नेतृत्वमा प्रस्तावित व्यक्तिको वरिष्ठता, क्रियाशीलता, क्षमता, योगयता र प्रभाविकारिता’ लाई मापदण्डका रुपमा लिनुपर्ने उल्लेख छ । सकेसम्म सहमतिमै समायोजन टुंगाउन पनि निर्देशिकामा भनिएको छ । 

समितिहरु समायोजन गर्दा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी मात्र दिइने भएको छ । पदेनबाहेक दुई अलग तहका समितिमा रहेका व्यक्तिहरुलाई आफू रहने समिति छनोटको अवसर भने दिइने व्यवस्था गरिएको छ । 

त्यस्तै समितिमा पदाधिकारी चयन गर्दा सामुदायिक विशेषताअनुसार समावेशीतालाई ध्यान दिनुपर्ने, महिलाको संख्या अपुग भए महिलाबाटै स्थान पूर्ति गर्नेगरी स्थान खाली राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

प्रदेश र राष्ट्रिय समितिको इन्चार्ज केन्द्रले तोक्ने
जनता समाजवादी पार्टीले प्रदेश समिति तथा पहिचानमा आधारित राष्ट्रिय समिति पनि गठन गर्ने भएको छ । ती समिति गठनमा सहजीकरण गर्नका लागि केन्द्रीय कार्यदल खटाइने जनाइएको छ ।

प्रदेश र राष्ट्रिय समितिमा इन्चार्ज र सहइन्चार्ज केन्द्रीय कार्यकारिणी समिति नै तोक्ने समायोजन निर्देशिकामा उल्लेख छ । सहइन्चार्ज प्रदेशमा चारजना हुनेछन् भने राष्ट्रिय समितिमा भने आवश्यक्ताअनुसार तोक्न सकिने व्यवस्था गरिएको छ । 

त्यस्तै, जिल्ला समन्वय समिति र निर्वाचन क्षेत्र समन्वय समिति समायोजनका लागि एक तहमाथिको समितिले सहजीकरण गर्ने भएको छ । संघ र प्रदेशको निर्वाचनमा दुवै पार्टीले भाग लिएका ठाउँमा बढी मत प्राप्त गर्ने पार्टीले अध्यक्ष पाउने र अन्य पद आपसी सहमतिमा बाँड्ने निर्देशिकामा व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !