site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनका चार नगरपालिकामा निषेधाज्ञा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

चितवन । पछिल्लो केही दिनदेखि चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चारवटा नगरपालिकामा निषेधाज्ञा लागु गरिएको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय भएको हो  । पूर्वीचितवनका रत्‍ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिका  प्रमुखहरुको आज बिहान (आइतबार) बसेको बैठकले चार नगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

वनका अनुसार निषेधाज्ञा लागु गर्न नगरपालिकाले संयुक्त रुपमा निर्णय गरेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई जानकारी गराइएको छ । ‘‘दिनप्रतिदिन जोखिम बढ्दै गएको छ,’’ उनले भने, ‘‘हामी  चार नगरपालिकाको प्रमुखसहितको बैठकले  निषेधाज्ञा गर्ने निर्णय गरी प्रशासनलाई भनेका छौं ।’’

प्रमुख जिल्ला अधिकारी भट्टराईले आज रातिदेखि नै लागु हुने गरी पूर्वीचितवनमा निषेधाज्ञा घोषणा गरिएको बताए । यसबारे प्रशासनले पनि आजै सार्वजनिक सूचना जारी गर्नेछ । यसअघि भरतपुर महानगरपालिकाले शुक्रबार रातिदेखि भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । 
प्रतिकात्मक तस्बिर ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro