site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेवानि जहाज खरिद प्रक्रियामा ढिलाइ, ऋणदातासँग व्याजदरमा कुरा मिलेन

काठमाडौं । दुईवटा वाइडबडी जहाज खरिद गर्न आवश्यक रकमका लागि नेपाल वायुसेवा निगम, कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबीच अझै ऋण सम्झौता हुन सकेको छैन । जेठ पहिलो साता नै हुने भनिएको ऋण सम्झौता कागजी प्रक्रिया पूरा नहुँदा अझै हुन नसकेको हो ।

ऋण सम्झौता हुन नसक्दा निगमले निर्धारित समयमा जहाज खरिद गर्न अमेरिकी कम्पनी एएआरलाई बैना रकम पठाउन सकेको छैन । निगमले गत वर्ष माघ महिनामा ३०० सिरिजको दुईवटा ‘वाइड वडी’ जहाज किन्न खरिद सम्झौता गरेको थियो ।

“कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग अहिले पनि छलफल चलिरहेको छ,” नेपाल वायु सेवा निगमका सहप्रवक्ता शैलेन्द्र कंसाकारले भने, “सम्झौताका लागि आवश्यक कागजात संकलनको कार्य भइरहरहेको छ, पूरा हुनेबित्तिकै सम्झौता हुन्छ । हामी अन्तिम चरणमा छौँ ।”

सरकारको जमानीमा ऋण दिन सहमत भएका यी दुवै निकायसँग वायुसेवा निगमले २५ अर्ब रुपैयाँ ऋण लिन लागेको छ ।  कति प्रतिशत व्याजमा ऋण दिने र लिने भन्ने विषयमा भने अझै कुरा मिल्न सकेको छैन । कुांकारका अनुसार  निगमले ९ प्रतिशत व्याजदरमा ऋण दिन आग्रह गरिरहेको छ भने कर्मचारी सञ्चयकोषले १३ प्रतिशतमा दिन सकिने बताइरहेको छ । निगम स्रोतका अनुसार मिलन बिन्दु १० प्रतिशत हुने सम्भावना छ । 

व्याजदरसँगै प्रस्तावित सम्झौताका केही प्रावधानमा स्पष्ट नहुनु पनि सम्झौतापत्रमा हस्ताक्षर हुन नसक्नुको कारण रहेको बताइएको छ । 

सम्झौताका लागि तोकिएको समयमा जहाज खरिद गर्ने बेला हतारमा गरिएका सम्झौताका कतिपय बुँदाहरु स्पष्ट भएको र त्यसले पछि विवाद उत्पन्न गर्न सक्ने भन्दै दुवै निकायले निगमलाई पत्राचार गरेका थिए । 

अहिले यिनै विषयमा छलफल भइरहेको र यो अन्तिम चरणमा रहेको निगमको दाबी छ । अन्तिम चरणमा रहेको भनिए पनि कहिले सम्झौता हुन्छ भन्ने स्वयं निगमका अधिकारीहरु नै अन्योलमा छन् । 

यी दुवै निकायले पहिलो चरणमा विमान खरिदका लागि पहिलो किस्ताका लागि चार÷चार अर्ब रुपैयाँ निगमलाई उपलब्ध गराउने बताइएको छ ।  

निगमले २८० सिट क्षमताको वाइड बडी ए३३०–२०० खरिद गर्न लागेको हो । विमानमा १६ वटा विजनेश क्लास र २६४ इकोनोमि क्लासका सिट छन् । १०४ मिलियन डलरमा एयरबस खरिद गर्न लागेको हो । 

नयाँ विमान खरिद गरेपछि निगमको नयाँ एयरबसले दमाम, सिओल, सिड्नी र टोकियोमा नियमित उडान गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०७४  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro