site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोना महामारीपछि विदेशबाट ५० हजार नेपाली फर्किए
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोरोना भाइरसको महामारीपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । अहिलेसम्म विभिन्न चार्टर्ड उडानमार्फत ३० देशबाट ५० हजार १०७ नेपाली स्वदेश आइपुगेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।
 
कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा समस्यामा परेका श्रमिकको उद्धारका लागि ३१९ चार्टर्ड उडानमार्फत उनीहरू नेपाल फर्किएका हुन् ।
 
स्वदेश फर्किएकामध्ये ३८ हजार ४४५ जना आफ्नो प्रदेश गएका छन् भने एक हजार ३६५ जना होटल क्वारेन्टिनमा छन् । यस्तै ५ हजार ४३६ जना होम क्वारेन्टिनमा, ४ हजार ३७० जना लोकल क्वारेन्टिनमा र ६३ जना अस्पतालमा रहेको केन्द्रले जनाएको छ ।

कुन प्रदेशमा कति जना ?
विदेशबाट फर्किनेमा सबैभन्दा धेरै वाग्मती प्रदेशका छन् । वागमती प्रदेशमा मात्रै १३ हजार ८२५ जना नेपाली फर्किएका छन् । यस्तै सबैभन्दा कम वैदेशिक रोजगारीबाट फर्किनेमा प्रदेश कर्णाली र सुदूरपश्चिमका छन् । कर्णालीमा एक हजार १५५ जना नेपाली फर्किएका छन् भने सुदूरपश्चिमका एक हजार २९७ जना नेपाली फर्किएका छन् ।
 
यस्तै प्रदेश ५ मा आठ हजार ३९५ जना, गण्डकीमा ६ हजार ४७८ जना, प्रदेश २ मा ८ हजार ३५७ जना र प्रदेश १ मा १० हजार ६२३ जना स्वदेश फर्किएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

वैदेशिक रोजगारीबाट स्वदेश फर्कनेको देशगत विवरण
अहिलेसम्म सबैभन्दा धेरै नेपाली फर्किने देश यूएई हो । यूएईबाट सोमबारसम्म १४ हजार ६५ जना छन् । कुवेतबाट ६ हजार ३२९ जना, साउदी अरबबाट ७ हजार ८१७ जना, अफगानिस्तानबाट ३३, अस्ट्रेलियाबाट ९४३, ओमानबाट ६३६, कतारबाट पाँच हजार ८४६ जना, म्यान्मारबाट २६ जना, जापानबाट एक हजार २३ जना, थाइल्यान्डबाट ३२६ जना, दक्षिण कोरियाबाट ७२० जना, बंगलादेशबाट ८४१, मलेसियाबाट ७ हजार ६०६ जना माल्दिभ्सबाट ७०९ जना, श्रीलंकाबाट पाँचजना, सिंगापुरबाट २९७ जना, हङकङबाट ८९ जना, पाकिस्तानबाट ७२ जना स्वदेश आइपुगेका छन् । 

यस्तै, बहराइनबाट ९८० जना, अमेरिकाबाट ४२३ जना, बेलायतबाट २२९ जना, इजरायलबाट १२७ जना, चीनबाट २०८ जना, टर्कीबाट ११० जना, फिलिपिन्सबाट २०१ जना, स्विट्जरल्यान्डबाट १० जना, दक्षिण सुडानबाट २५० जना, सीएआरबाट ६८ जना, भारतबाट ८५ जना र इराकबाट ३९ जना स्वदेश फर्किएको केन्द्रले जनाएको छ । 

Royal Enfield Island Ad

अब दैनिक पाँच सयजनाको मात्र उद्धार गरिने 
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अब दैनिक पाँच सय नेपालीको मात्र उद्धार गर्ने निर्णय गरेको छ । सरकारले अनुमति दिएको र सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगहरूले सिफरिसमा दैनिक तीन सयजना र वैदेशिक रोजगारी कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी दैनिक दुई सय जनालाई उद्धार गर्ने निर्णय गरेको हो । 

कसरी हुँदै छ विदेशमा अलपत्र नेपाली श्रमिकको उद्धार ?

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro