देश
काठमाडौं । पृथ्वी राजमार्ग (नौबिसे–मुग्लिङ सडकखण्ड) पुस ७ गतेदेखि एक सातासम्म दैनिक तीन घण्टा आंशिकरूपमा बन्द हुने भएको छ । पुस ७ गतेदेखि १३ गतेसम्म दिउँसो ११ बजेदेखि २ बजेसम्म सडक आंशिकरूपमा बन्द गर्न लागिएको नागढुंगा मुग्लिङ सडक आयोजनाले जनाएको छ ।
सडक सुधारको काम भइरहेकाले सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । आयोजनाले पोखरेभिर र विशालटारमा मोड सुधारको काम गर्न लागेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१ २०:१५
प्रतिक्रिया दिनुहोस्