site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सार्वजनिक निकायमा स्वदेशी वस्तु अनिवार्य गर्ने सरकारको निर्णयको स्वागत

काठमाडौं । नेपाल उद्योग परिसंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । सरकारको निर्णयले स्वदेशी उत्पादन प्रवर्धन गर्न निकै सहयोग पुग्ने परिसंघको विश्वास छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा नेपाल सरकारले मंसिर २८ गतेको मन्त्रिपरिषद् बैठकबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका, २०८१’ पारित गरेको छ । यसले समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको परिसंघले बताएको छ ।

परिसंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग २०७८ असार १० गते साँझेदारीपत्रमा हस्ताक्षर गरी 'मेक इन नेपाल' स्वदेशी अभियान सञ्चालन गरिरहेको छ ।

स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवर्धन गर्ने मुख्य उद्देश्यले राखेर अघि बढाइएको 'मेक इन नेपाल' कार्यान्वयनमा सरकारले बलियो साथ एवम् साझेदारी प्रस्तुत गरेको परिसंघले जनाएको छ ।

"सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुभएको बेलामा २०७७ फागुनमा यो अभियानको औपचारिक सुरुवात भएको थियो । परिसंघले सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्न आग्रह गर्दै आइरहेको छ । सरकारको पछिल्लो निर्णयले स्वदेशी अभियानले राखेको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ," परिसंघले बताएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro