site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पर्सामा १४७ सहित प्रदेश २ मा २२७ कोरोना संक्रमित थपिए, एकजनाको मृत्यु

जनकपुर । प्रदेश २ मा बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका आठ जनासमेत २ सय २७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको छ । 

जनकपुरस्थित आन्तरिक मामिला मन्त्रालयका ४२ वर्षीया एक जना महिला कर्मचारी र २८ देखि ५१ वर्ष उमेर समूहका अन्य सात जना कर्मचारीगरी आठ जनामा कोरोना संक्रमण भएको हो । त्यस्तै, प्रादेशिक अस्पतालमा कार्यरत ३२ देखि ५२ वर्ष उमेर समूहका पाँच जना कर्मचारीसमेत संक्रमित भएका छन् । 

यीबाहेक माछापुच्छ्रे बैंकका तीन जना कर्मचारी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २, ४ र ९ का एक महिलासमेत चार जना, हंसरपुर नगरपालिका र धनौजी गाउँपालिकाका समेत ९ जनागरी धनुषाका २३ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको हो । 

वीरगंज कारागारका २४ देखि ६० वर्ष उमेर समूहका सात जना महिला र पाँच वर्षदेखि ६८ वर्ष उमेर समूहका २३ जना गरी ३० जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय प्रसौनीका चार जना, वीरगंज चिनी मिलका पाँच जना, सशस्त्र प्रहरी बल, भन्सार युनिटका चार जना, नारायणी अस्पतालमा कार्यरत सुर्खेतका एक जना नागरिक र वीरगन्ज महानगरपालिका वडा नम्बर १ देखि २५ सम्मका ९० जना समेत बुधबारमात्रै पर्साका १४७ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । 

बुधबार सर्लाहीमा १९ जना, सिरहामा चार जना, सप्तरीमा एक जना, बारामा १९ जना र महोत्तरीमा १४ जना संक्रमित भएका छन् । बुधबार वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २१ जना निको भएर अस्पतालबाट घर फर्केका छन् । बुधबार मृत्यु भएको घटनासमेत यस प्रदेशमा मृतकको संख्या २१ पुगेको छ । ती मध्ये पर्साका मात्रै १४ जना छन् ।  


 

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro