देश

काठमाडौं । ललितपुरको च्यासलमा एक बालिकाको शव ट्यांकीभित्र फेला परेको छ । बझाङ घर भइ च्यासल बस्दै आएकी १४ वर्षीया दुर्गा बोहराको शव फेला परेको हो ।
च्यासलस्थित श्रमिक शान्ति स्कुलमा पढ्दै आएकी दुर्गा चैत ४ गतेदेखि परिवारको सम्पर्कबाट छुटेकी थिइन् । दुर्गा हराएको निवेदन उनका बुबाले प्रहरी प्रभाग मंगलबजारमा चैत ४ मै दिएको खुलेको छ ।
तर, शव भने शुक्रबार फेला परेको हो । प्रहरीका अनुसार, पुरानो घरको बाथरुमनजिक बनाइएको पानी ट्यांकीभित्र शव फालेर माथिबाट कपडाले छापेको अवस्थामा फेला परेको हो । प्रहरीले बोहराको हत्या गरी फालेको आशंकामा अनुसन्धान थालेको छ ।
दुर्गाको बुबा–आमा र दाजुभाइ च्यासलमा डेरामा बस्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ १७:०९
प्रतिक्रिया दिनुहोस्