site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हुन्डीको अवैध कारोबार गर्ने महिला पक्राउ

काठमाडौं । हुन्डीको अवैध कारोबार गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१०, वागडाँडाकी १९ वर्षीया करिना देवकोटा रहेकी छन् ।

आइतबार काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोड क्षेत्रमा हुन्डीको अवैध कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । शंकास्पद गतिविधि गरिरहेको अवस्थामा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट नेपाली नगद नौ लाख रुपैयाँ, ६ लाख रुपैयाँको चेक बरामद गरिएको छ ।

घटनाका सम्बन्धमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro