site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पखाला लागेर सिकिस्त युवतीको मृत्युपछि कोरोना पुष्टि

जनकपुर । पर्सामा सोमबार मृत्यु भएकी युवतीलाई कोरोना संक्रमण रहेको मृत्युपछि पुष्टि भएको छ । 

पखाला लागेर सिकिस्त भएकी पर्सा, पोखरीया ८ की १८ वर्षीया ती युवतीलाई उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल शिक्षण अस्पतालतर्फ लैजाँदै गर्दा सोमबार दिउँसो मृत्यु भएको थियो । 

मृत्युपछि शिक्षण अस्पतालमै उनको स्वाब संकलन गरी जाँच गर्दा कोरोना संक्रमण रहेको नारायणी अस्पताल स्रोतले जनाएको छ । 

पर्सामा सोमबार मृत्यु भएकी ती युवतीसमेत मृतकको संख्या १३ पुगेको छ । प्रदेश २ मा कुल मृतकको संख्या २० पुगेको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ को रौतहट र बारामा दुई–दुईजना तथा धनुषा, महोत्तरी र सप्तरीमा एक–एकजनाको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro