site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जम्मु काश्मीरलाई समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा, भारतले भन्‍यो - वैधता छैन 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पाकिस्तानले जम्मु काश्मिर–लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।

पाकिस्तानको मन्त्रिपरिषद्ले मंगलबार उक्त भूमि पाकिस्तानको भएको दाबी गर्दै नयाँ राजनीतिक नक्सा जारी गर्न अनुमति दिएको थियो । 

नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री इमरान खानले भनेका छन्, “पाकिस्तानको राजनीतिक नक्साले पाकिस्तानका जनतामा खुसी प्रदान गर्नेछ । पाकिस्तान र काश्मिरका जनताको विचारधाराको पनि समर्थन गर्नेछ ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले अघिल्लो वर्ष भारतले काश्मिरमा गलत कदम उठाएको पनि पनि बताएका छन् ।  पाकिस्तानमा अब स्कुल, कलेजसहित सरकारी कार्यालयमा यही राजनीतिक नक्सा रहनेछ ।

उक्त नक्साप्रति भारतले आपत्ति जनाउँदै वैधता नभएको बताएको छ । 

Royal Enfield Island Ad

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त नक्साको कानुनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको जनाएको छ । 

विदेश मन्त्रालयले भनेको छ, ""यी हास्यास्पद दाबीको न कानुनी वैधता छ न अन्तर्राष्ट्रिय विश्वसनीयता नै ।" 

भारतको विदेश मन्त्रालयले  पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कथित 'नयाँ राजनीतिक नक्सा' सार्वजनिक गरेको देखेको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, "यो उनको राजनीतिक मूर्खताको अभ्यास हो र यसले भारतको गुजरात राज्य र हाम्रो केन्द्र शासित जम्मु-काश्मीर र लद्दाखका क्षेत्रहरूमा दाबी गरेको छ ।"

गत वर्ष ३ नोभेम्बरमा भारतले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै जम्मु काश्मीर र लद्दाखमा छुटेका भूभागहरु समेटेको बताएको थियो ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  २१:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro