site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ मा ३६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या पाँच हजार ४५

जनकपुर । प्रदेश २ मा मंगलबार थप ३६ जनामा कोरोना भाइरस संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको छ । यो समेत यस प्रदेशमा संक्रमितको संख्या पाँच हजार ४५ पुगेको छ । 

मंगलबार महोत्तरीस्थित परकौलीमा रहेको नेपाली सेनाको शिविरमा २४ देखि ४७ वर्ष उमेर समूहका १४ जना र सम्सी गाउँपालिका निवासी ३२ वर्षीय एक युवकमा संक्रमण पुष्टी भएको छ । त्यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १, ४ र १५ मा २३ देखि ४४ वर्ष उमेर समूहका पाँच जना संक्रमित भएका छन् ।

जनकपुरधाममै शाखा रहेको माछापुच्छ्रे बैंकका एक महिलासमेत तीन जना कर्मचारी र सबैला नगरपालिका, विदेह नगरपालिका, धनौजी गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयका एक–एक जनामा संक्रमण पुष्टी भएको छ । 

सप्तरीको राजविराज –८ मा सात जना, सिरहाको औरही गाउँपालिका –९ का एक जना र सर्लाहीको रामनगर नगरपालिका –१ का एक जनामा पनि संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश २ मा अहिलेसम्म पाँच हजार ४५ जना संक्रमित भएकोमा १९ जनाको मृत्यु भइसकेको छ भने तीन हजार दुई सय ११ जना अस्पतालबाट निको भएर घर फर्केका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro