site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फोटो पत्रकारिताले देशको वास्तविकता देखाएको छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले फोटो पत्रकारिता लोकतान्त्रिक समाजको महत्त्वपूर्ण अंग भएको बताएका छन् । फोटो पत्रकारिताले देशको वास्तविक ऐना प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे ।

शनिबार (वैशाख १३) ललितपुरमा आयोजित पाँचौँ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ समारोहमा उनले प्रजातन्त्र, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रमा फोटो पत्रकारिताले पनि उल्लेखनीय योगदान पुर्‍याएको बताए ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपीजे) नेपालद्वारा आयोजित अवार्ड समारोहमा उनले तस्बिरमार्फत देशको यथार्थ उजागर गर्ने काम फोटो पत्रकारहरूले गर्दै आएको उल्लेख गरे ।

गएको चैत १५ गते पत्रकार सुरेश रजकले ज्यान गुमाएको घटना स्मरण गर्दै उनले फोटो पत्रकारिता जोखिम र चुनौतीपूर्ण पेसा भएको बताए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अप्ठ्यारो परिस्थितिमा समेत फोटो पत्रकारले निष्पक्ष ढंगले सत्य उजागर गर्ने कार्य गरेको भन्दै प्रशंसा गरे । फोटो पत्रकारिताले निष्पक्षतापूर्वक दुष्प्रचारलाई खण्डन गर्ने क्षमता राख्ने उनले बताए ।

समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने फोटो पत्रकारलाई सम्मान गरिएको थियो । नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्ड नयाँ पत्रिकाका दीपेन्द्र ढुंगानाले प्राप्त गरे । पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड गोरखापत्र दैनिककी कविता थापाले जितिन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्ड द हिमालयन टाइम्सका स्कन्द गौतमले पाए । डिश होम इन्टरनेट खेलकुद फोटो पत्रकारिता अवार्ड उदिप्त सिंह क्षेत्रीलाई प्रदान गरियो । कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्ड नेपाल आर्मीका फोटो पत्रकार राजीव हेन्गाजुले जिते ।

यस्तै, एड्भेन्चर आउटडोर पर्यटन तथा संस्कृति फोटो पत्रकारिता अवार्ड गोरखापत्र अनलाइनका मनोजरत्न शाहीलाई प्रदान गरियो । राष्ट्रिय वाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्ड अन्नपूर्ण पोस्ट डटकमका अभिषेक महर्जनले पाए । ग्लोबल आईएमई बैंक आर्थिक फोटो पत्रकारिता अवार्ड अनलाइनखबर डटकमका चन्द्रबहादुर आलेले प्राप्त गरे ।

प्रदेशस्तरमा समेत उत्कृष्ट फोटो पत्रकारलाई सम्मान गरिएको थियो । गुर्खाज फाइनान्स कोसी प्रदेश फोटो पत्रकारिता अवार्ड रासस संखुवासभाका सुजन बज्राचार्यले पाए । मधेस प्रदेशतर्फ यात्रा डेलीका राम सर्राफ, वाग्मती प्रदेशतर्फ राससका नवीन पौडेल, गण्डकी प्रदेशबाट परिचय डटकमका प्रेम थापा, लुम्बिनी प्रदेशतर्फ कान्तिपुर दैनिकका माधवप्रसाद अर्याल, कर्णाली प्रदेशतर्फ हिमालय टेलिभिजनका अमृतकुमार बुढाथोकी र सुदूरपश्चिम प्रदेशतर्फ लोकेश साउदले अवार्ड जित्न सफल भए ।

समारोहमा जीवनभर फोटो पत्रकारितामा योगदान पुर्‍याएका वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो । संस्थाका आजीवन सदस्य स्व. चुङ्बा शेर्पालाई मरणोपरान्त विशेष सम्मान प्रदान गरिएको थियो । राष्ट्रिय फोटो पत्रकार आपत्कालीन राहत कोषमा योगदान गर्ने विभिन्न समाजसेवी तथा शुभेच्छुकलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro