site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ मा संक्रमितको संख्या पाँच हजार नजिक, जनकपुरमा निषेधाज्ञा घोषणा

जनकपुर । आइतबार प्रदेश २ को पर्सा जिल्लामा मात्रै ७८ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । पर्सासमेत पछिल्लो २४ घण्टामा यस प्रदेशका पाँच जिल्लामा एक सय ३८ जना संक्रमित भएका छन् । यो समेत यस प्रदेशमा कुल संक्रमितको संख्या चार हजार ९०६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

आइतबार पुष्टी भएका नयाँ संक्रमितहरुमा पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ३ देखि १३ सम्मको बस्तीमा पाँच वर्षीया बालिकासहित २० महिला र ४८ पुरुषगरी ६८ जना छन् । त्यस्तै, ड्राइपोर्टमा पाँच जना, सखुवाप्रसौनी गाउँपालिकामा तीन जना र ठोरी गाउँपालिकाको निर्मलबस्ती र नेपाली सेनाको शिविरमा एक–एक जनामा कोरोना संक्रमण भएको पुष्टि सामाजिक विकास मन्त्रालयले गरेको छ ।

आइतबार प्रदेश २ को दोस्रो बढी संक्रमित हुने जिल्ला हो सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा चार वर्षीय बालकसहित २५ जना, राजविराज नगरपालिकामा छ वर्षीय बालकसहित १८ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा चार वर्षीया बालिकासहित चार जना र तिरहुत गाउँपालिकामा एक जनालाई कोरोना संक्रमण भएको छ । 

धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा सात जना र जनकपुरकै रामा होटलमा काम गर्ने ठेगाना नखुलेको अर्को एक जनामा संक्रमण भएको छ । त्यस्तै, सिरहामा तीन र महोत्तरीमा एक जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको छ । 

जनकपुरमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय, धनुषाले जनकपुरधाम उपमहानगरपालिका र आसपासको क्षेत्रमा सोमबार राति १२ बजेदेखि लागु हुनेगरी एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ । 

जनकपुरधाम उपमहानगरपालिकासमेत दक्षिणमा जलेश्वर सडकमा पर्ने बनौली मोड र बसहिया सडकमा सोनापुर, पुर्वमा कपिलेश्वरको पेट्रोल पम्प, पश्चिममा कुर्था जाने बाटो र उत्तरमा क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत ढल्केवर सडकमा पर्ने औरही पुल बीचको क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले बाह्रखरीलाई जानकारी दिए ।
 
कोरोना संक्रमणको प्रभाव नियन्त्रण गर्न जनकपुरधाम क्षेत्रमा तत्काल निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिदै प्रजिअ भट्टराईले सोमबार रक्षा बन्धन परेको हुँदा संयता पुर्वक यो पर्व मनाउन छुट दिएर राति १२ बजेदेखि लागु गर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro