
जनकपुर । प्रदेश २ मा मंगलबार ५० जना नयाँ संक्रमित थपिएका छन् ।
धनुषा र महोत्तरीमा आठ जनाको दरले, सप्तरीमा १९, पर्सामा १४ र बारामा एक जना थप व्यक्तिमा सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टी गरेको हो । यो समेत प्रदेश २ मा संक्रमितको संख्या चार हजार चार सय ८३ पुगेको छ ।
जसमध्ये उपचारपछि निको भएर तीन हजार १८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मंगलबार धनुषाको गणेशमान चारनाथ नगरपालिकामा चार जना, विदेह नगरपालिकामा दुई जना र मिथिला नगरपालिका तथा हंसपुर नगरपालिकामा एक जनाको दरले नयाँ संक्रमित थपिएको हो । त्यस्तै, महोत्तरी गाउँपालिकामा सात जना र महोत्तरीकै गौशाला नगरपालिकामा एक जनामा संक्रमण पुष्टी भएको छ ।
सप्तरीको बलानबिहुल गाउँपालिकामा सात जना, तिलाठीकोइलाडी गाउँपालिकामा छ जना, बोदेबर्साइन नगरपालिकामा तीन जना, राजविराज नगरपालिकामा दुई जना र शम्भुनाथ नगरपालिकामा एक जनामा संक्रमण पुष्टी भएको छ ।
पर्साको वीरगंज महानगरपालिकामा आठ जना, जगदम्बा इन्टरप्राइजमा तीन जना र जिल्ला प्रहरी कार्यालयको थुनुवा घर, ठोरी मावि तथा नारायणी अस्पतालका एक एक जनालाई कोरोना संक्रमण भएको छ । बाराको कलैया उपमहानगरपालिकामा एक जनामा संक्रमण पुष्टी भएको हो ।