site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
 प्रदेश २ मा कोरोना संक्रमणबाट ३ महिनामा २ जना र एक हप्तामा १० जनाको मृत्यु

जनकपुर । कोरोना भाइरस (कोभिड १९) संक्रमण भएर तीन महिनामा दुई जनाको मृत्यु भएको प्रदेश २ मा पछिल्लो एक हप्तामै थप १० जनाले ज्यान गुमाएका छन् । 

यस प्रदेशमा सबैभन्दा बढी पर्सामा पाँच जना, रौतहट र बारामा दुई-दुई जना तथा धनुषा, महोत्तरी र सप्तरीमा एक-एक जनाको मृत्यु भएको हो । 

६ सय ३० जना संक्रमित रहेको धनुषामा पहिलो पटक आइतबार साँझ ३८ वर्षीय एक जना युवकको मृत्यु भएको छ । गाउँमा किराना पसल सञ्‍चालन गर्ने उनलाई कहाँ र कसरी संक्रमण भयो भन्ने खुल्न नसकेपनि उनको शरीरमा भाइरल लोड अत्यधिक भएको उपचारमा संलग्‍न डा. जामुन सिंहले बताए । 

उनको मृत्युपछि सोमबार मृतकको परिवार र उनको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ र ‘ट्राभल हिस्ट्र ट्रेसिङ’ गरी जाँचको दायरा बढाएको प्रदेशका वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए । 

आइतबार साँझ एक जनाको मृत्यु भएको धनुषाको शहीदनगरमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना भाइरस संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
शहीदनगरका चारसमेत धनुषामा सोमबार थप १० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै महोत्तरीमा १०, सप्तरीमा १३ र पर्सामा १९ गरी यस प्रदेशमा सोमबारमात्रै ५२ जना संक्रमित थपिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

यो समेत प्रदेश २ मा कुल संक्रमितको संख्या चार हजार चार सय ३३ पुगेको छ । ती मध्ये ३ सय ४५ जना महिला छन् । संक्रमितमध्ये सोमबारसम्म तीन हजार १४ जना उपचारपछि निको भएर घर फर्केका छन् । 

राजविराज र वीरगन्जमा निषेधाज्ञा

कोरोना भाइरस संक्रमणको दर बढेसँगै सप्तरीको राजविराज नगरपालिका र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । 

दुवै पालिकामा पछिल्लो साता संक्रमण दर उच्च देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमणको दर बढ्ने र संक्रमितको प्रकृति भयावह हुने घटना देखिन थालेपछि प्रदेश सरकारले उच्च सतर्कता अपनाएर सक्रियता बढाएको मुख्यमन्त्री लालबाबु राउतले जनाएका छन् । 

सोमबार राजविराजको अस्पताल स्वास्थ्य प्रयोगशाला अनुगमन गरेका मुख्यमन्त्री राउतले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग बैठक बसेर समाजमा थप सचेतना बढाउन र स्वास्थ्य सुरक्षामा दत्तचित भएर काम गर्न आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro