site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पौडेल समूह भन्छ– संस्थापन पक्षले महाधिवेशन प्रभावित पार्न खोज्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष आगामी महाधिवेशन प्रभावित पार्न उद्धत भइरहेको भन्दै इतर समूहले विरोध जनाएको छ । संस्थापन पक्षले पार्टीको विधानविपरीत विभाग गठन गरी आगामी महाधिवेशनलाई प्रभावित पार्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवलगायतले विरोध जनाएका हुन् ।

उसो त यो समूहले ‘विधान र निर्वाचन आचारसंहिता उल्लंघन’ भइरहेको दाबी गर्दै केन्द्रीय निर्वाचन समिति आयोगसमक्ष संस्थापन पक्षविरुद्ध लिखित उजुरी नै दिएको छ । 

“पार्टी विधानको परिच्छेद १२, धारा ६० मा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग\समिति\विभिन्‍न निकायहरू महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्नेछ’ भन्ने बाध्यात्मक व्यवस्था छँदाछँदै र तदनुसार हामीले यसतर्फ बारम्बार ध्यानाकर्षण गराउँदा गराउँदै विभिन्न विभागहरू अहिले आएर गठन गर्ने र सदस्यहरू मनोनयन गर्ने कार्य भइरहेकामा हाम्रो घोर आपत्ति छ” यो साउन १ गते संस्थापन इतर समूहका तर्फबाट पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाइएको पत्रको अंश हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“निर्वाचनको सर्वमान्य मान्यता एवं आचासंहिताविपरीत हुन गइरहेको यो कार्य आसन्न महाविधेशनलाई अनुचित प्रभाव पर्ने दुराशय समेतबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन आदरणीय पार्टी सभापति र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,” विधान र निर्वाचन आचारसंहिता उल्लंघन भएको दाबी गर्दै संस्थापन इतर समूहले पत्रमा उल्लेख गरेको छ ।
 
संस्थापन पक्षले ‘विधान र निर्वाचन आचारसंहिता उल्लंघन’ गरेको दाबी गर्दै वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला र कोषाध्यक्ष यादवले साउन १ गते केन्द्रीय निर्वाचन समितिलाई पत्र बुझाएका थिए । 

आचारसंहिता विपरीतका गतिविधि नगर्न देउवालाई पौडेल समूहको चेतावनी 

विधि र पद्धति मिचेर हाल गठन भएका र भइरहेका विभागहरू अस्वीकार्य रहेको स्पष्ट पार्दै संस्थापन इतर समूहले विधान एवं निर्वाचन आचारसंहिताविपरीत मनोनयन र नियुक्तिहरूलाई स्वीकार नगर्न पार्टीका सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई आह्वानसमेत गरेको छ । 

Global Ime bank

निर्वाचन आयोगलाई लिखित पत्र बुझाएको अघिल्लो दिन संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधि गर्न लागेको निष्कर्ष निकालेको थियो ।

देउवा महाधिवेशन प्रभावित पार्न लागेको पौडेल पक्षको निष्कर्ष 

वरिष्ठ नेता पौडेलको समूहको गत बुधबार अनामनगरमा सम्पन्न भेलाले संस्थापन पक्ष पार्टी प्रवेशका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्न लागेको भन्दै जथाभावी क्रियाशील सदस्यता वितरण रोक्नुपर्ने पनि निष्कर्ष निकालेको थियो । 
तर, कांग्रेस संस्थापन पक्ष भने संयोजक (प्रमुख) तोकिएका विभागलाई पूर्णता दिन सातवटै प्रदेशबाट नामहरू संकलन गरिरहेको छ । सभापति देउवाले यसअघि नै पार्टीका ४७ केन्द्रीय विभागहरूमध्ये २० विभागमा आफू र अर्का नेता कृष्णप्रसाद सिटौलानिकट रहेका केन्द्रीय सदस्यहरूलाई विभाग प्रमुख तोकेका थिए । 

कांग्रेसमा झनै चर्कियो विवाद : विधानका कुरा गर्नेलाई पार्टीबाट निकाल्न देउवालाई चुनौती

उनले संयोजकहरूलाई विभागलाई पूर्णता दिन पनि यसअघि नै निर्देशन दिइसकेका छन् । सभापति देउवाले संस्थापन इतर समूहको बहिष्कारका बीच केन्द्रीय कार्यसमिति बैठकबाट विभागहरू बढाएर ४७ विभाग बनाउने निर्णय गराएका थिए ।

कांग्रेसका थप सात विभागीय प्रमुखको टुङ‌्गो, एनपी साउदलाई समन्वय विभागको जिम्मेवारी

यी हुन प्रमुख तोकिएका विभागहरू
१ गोपालमान श्रेष्ठ : संगठन विभाग
२ रमेश रिजाल : संघीय मामिला तथा प्रदेश समन्वय विभाग
३ फरमुल्लाह मन्सुर : मुस्लिम विभाग
४ अर्जुनप्रसाद जोशी : स्थानीय तह समन्वय विभाग
५ आनन्दप्रसाद ढुंगाना : वित्तीय तथा सहकारी संस्था समन्वय विभाग
६ अजयकुमार चौरसिया : तराई–मधेस समन्वय विभाग
७ महेन्द्र यादव : यातायात व्यवसायी समन्वय विभाग
८ शंकर भण्डारी : तरुण विभाग
९ सीता गुरुङ : आदिवासी जनजाति विभाग
१० गोविन्द भट्टराई : नेपाली जनसम्पर्क समिति समन्वय विभाग
११ चिनकाजी श्रेष्ठ : उद्योग व्यापार विभाग
१२ विश्वप्रकाश शर्मा (प्रवक्ता) : सूचना, सञ्चार तथा प्रचार विभाग
१३ शिवप्रसाद हुमागाईं : श्रमिक तथा ट्रेड युनियन विभाग
१४ एनपी साउद : शुभेच्छुक संस्था समन्वय विभाग 
१५ अम्बिका बस्नेत : वन, वातावरण तथा विपत् व्यवस्थापन विभाग
१६ ईश्वरी न्यौपाने : महिला विभाग 
१७ केशवकुमार बुढाथोकी : राज्य प्रशासन विभाग 
१८ खेलकुद विभाग : मोहनबहादुर बस्नेत
१९ वीरबहादुर बलायर : निर्माण व्यवसायी समन्वय विभाग 
२० हरिप्रसाद नेपाल : शिक्षा विभाग 

पार्टीको निर्वाचन समितिले पौडेल समूहको उजुरीमाथि कुनै सुनुवाइ भने गरेको छैन । निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले उजुरीमाथि केही निर्णय नभएको प्रतिक्रिया दिए । 
“हामी यो विषयमा केही पनि बोलेका छैनौं । समितिले बोल्ने हो बोले पनि, समितिले केही निर्णय ग¥यो भने तपाईंलाई संयोजकले जानकारी दिने हो,” संयोजक अधिकारीले बाह्रखरीसँग भने, “समितिले निर्णय नगरुञ्जेल मैले मुखै खोल्नु भएन । अरू कुरामा दिएको टिप्पणीजस्तो होइन यो कुरामा ।”

तर, जिम्मेवारी पाएका विभाग प्रमुखहरू विभागलाई पूर्णता दिने तयारीमा जुटेका छन् । महिला विभागको जिम्मेवारी पाएकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले विभाग विस्तार गरेकी छन् । 
उनले नाम सिफारिस गरेका आधारमा सभापति शेरबहादुर देउवाले महिला विभागका सचिव र सदस्यहरू मनोनयन गरेका हुन् ।

कांग्रेसको महिला विभाग विस्तार (नामसहित)

केही दिनअघि खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत र तरुण विभाग प्रमुख शंकर भण्डारीले विभाग विस्तार गरेका थिए । अन्य विभागका प्रमुखहरू पनि विभाग विस्तारका लागि सातवटै प्रदेशबाट नामहरू संकलन गरिरहेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विभाग विस्तारका लागि विभागीय प्रमुखहरूले सातवटै प्रदेशबाट नामहरू संकलन गरिरहेका पुष्टि गरेका छन् । “संयोजकहरूले तयारी गरिरहनुभएको छ । सातै प्रदेशबाट नामहरू कलेक्सन भएर आइरहेका छन्,” उनले भने । 
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !