site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसका थप सात विभागीय प्रमुखको टुङ‌्गो, एनपी साउदलाई समन्वय विभागको जिम्मेवारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग फेरि विस्तार गरेका छन् । उनले सोमबार विभिन्न सात वटा विभागहरू विस्तार गरेका हुन् । 

सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिमा रहेका सदस्यहरूलाई जिम्मेवारी तोकेर विभाग प्रमुखमा मनोनयन गरेको कांग्रेसले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले केन्द्रीय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग र ईश्वरी न्यौपानेलाई महिला विभागको प्रमुखमा मनोनयन गरेका छन् । 

यस्तै केशवकुमार बुढाथोकी राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेत खेलकुद विभाग, वीरबहादुर बलायर निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाल शिक्षा विभाग प्रमुखमा मनोनयन भएका छन् । 

Global Ime bank

यसअघि सभापति देउवाले गत शनिबार विभिन्न १३ विभाग विस्तारसँगै पाँच जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । 

महाधिवेशनको तयारी सुरु भइसकेपछि विभागहरू गठन भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने असन्तुष्टि जनाउँदै आएको छ । 

यो पनि : 

कांग्रेसमा झनै चर्कियो विवाद : विधानका कुरा गर्नेलाई पार्टीबाट निकाल्न देउवालाई चुनौती

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement