site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा महाधिवेशन प्रभावित पार्न लागेको पौडेल पक्षको निष्कर्ष 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इनर समूहले सभापति शेरबहादुर देउवा पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधी गर्न लागेको निष्कर्ष निकालेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बुधवार अनामनगरमा सम्पन्न भेलाले संस्थापन पक्ष १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधी गर्न लागेको निष्कर्ष निकालेको हो ।  संस्थापन पक्ष पार्टी प्रवेशका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्न लागेको भन्दै पौडेल समूहले जथाभावी क्रियाशिल सदस्यता वितरण रोक्नु पर्ने पनि निष्कर्ष निकालेको छ । 

भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अजुर्ननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायतका नेताहरु सहभागी थिए ।  भेलामा संस्थापन पक्षले आफूसँग असहमत पक्षलाई अनुशासनका नाममा कारबाही गरेर तर्साउने काम गर्न थालेको पनि निष्कर्ष निकालेको छ । विषेश गरी प्रवासमा रहेका कतिपय आफूसँग असहमत नेता–कार्यकर्तालाई कारबाही गरेर संस्थापन पक्षले तर्साउन खोजेको पौडेल समूहको बुझाइ छ । 

पछिल्लो पटक बेल्जियम जनसम्पर्क समितिकी सभापति सीता सापकोटालाई अनुशासन समितिले कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । सापकोटालाई नागरिकता विधेयकमा उपभापति विमलेन्द्र निधिको विचारसँग असहमति जनाएको आरोपमा कारबाही प्रक्रिया अगाडि बढाइएको पौडेल समूहको आरोप छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  २१:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement