site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आचारसंहिता विपरीतका गतिविधि नगर्न देउवालाई पौडेल समूहको चेतावनी 

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा विभिन्न विभागमा सदस्य थप गर्ने काम भइरहेकाले त्यसलाई रोक्न माग गर्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

पार्टी कार्यालय सानेपामा मुख्यसचिव र निर्वाचन समितिमार्फत सभापतिको लिखित ध्यानाकर्षण गराएका छन् । थप गरिएका विभागमा सदस्य थप गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

“नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन सम्पन्न भै चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुन महिनामा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भन्दै थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा लागिसकेको छ । पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका दोहोर्याएर समेत सार्वजनिक भइ महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको छ,” नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले लिखित सुझाव दिँदै भनेका छन् ।

अहिले पनि निर्वाचनको सर्वमान्य मान्यता एवम् आचारसंहिताको विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशयसमेतबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन निर्वाचन समितिको ध्यानाकर्षण गराइएको लिखित पत्रमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro