साहित्य
काठमाडौं । स्ट्यान्ड–अप कमेडी च्याम्पियन सिजन–२ को टिजर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको टिजरमा अडिसनका लागि तयार रहन आग्रह गरिएको छ ।
अडिसन कहिलेबाट र कसरी दिन सकिन्छ भन्ने टिजरमा उल्लेख गरिएको छैन । “प्लानिङकै चरणमा छौं । त्यसैले कहिले कहाँ कसरी अडिसन दिने भन्ने योजना बनाइरहेका छौं,” कमेडी च्याम्यिनका निर्देश विशाल भण्डारी भन्छन्, “दुई हप्तापछि प्रोमो सार्वजनिक गर्नेछौं, त्यसमा पूर्ण जानकारी दिनेछौं ।”
कमेडी च्याम्पियन सिजन–१ को विजेता हिमेश पन्त भएका थिए भने दोस्रो र तेस्रो क्रमशः सुमन कोइराला र खड्गबहादुर पुन भएका थिए ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७ १६:३१
प्रतिक्रिया दिनुहोस्