site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई
Sarbottam CementSarbottam Cement

धुलिखेल । विभागीय टोली आर्मी क्लबले छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई गोल गरिन् । सीमा खड्का र कमला चन्दले एक एक गोल गरिन् । गण्डकीका लागि सीता माया बलले एक गोल फर्काइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्मीका लागि खेलको चौथो मिनेटमा सरस्वतीले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । गण्डकीका लागि खेलको १६औँ मिनेटमा सीताले गोल गर्दै टिमलाई बराबरीमा ल्याइन् । खेलको १८औँ मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई २–१ गोलको अग्रता दिलाइन् । २४औँ मिनेटमा कमलाले गोल गर्दै टिमलाई ३–१ गोलको अग्रता दिलाइन् । खेलको ५७औँ मिनेटमा सिमाले गोल गर्दै आर्मीलाई उपाधि दिलाउन सफल भइन् । फाइनल खेलको 'प्लेअर अफ द म्याच' कमला चन्द चुनिइन् ।

उपाधिसँगै आर्मीले एक लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो हुने गण्डकीले ७५ हजार प्राप्त गरेको छ । आज तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १–० गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल गर्‍यो ।

Global Ime bank

सुदूरपश्चिम प्रदेशका लागि खेलको २७औँ मिनेटमा बबिता उराउले गोल गर्दै टिमलाई जित दिलाउन सफल भइन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूले जनही १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकि सरस्वती बेस्ट स्कोरर हुन सफल भइन ।

प्रतियोगिताका इमर्जिङ प्लेअर सुदूरपश्चिम प्रदेशकि नमिता एसके चुनिइन् । बेस्ट गोलकिपरमा गोमा परियार, बेस्ट डिफेन्डरमा आर्मीकी सरिता मेचे र आर्मीकै निलिमा पान्डे 'प्लेअर अफ द टुर्नामेन्ट' चुनिन् ।

प्रतियोगितामा नेपाल आर्मी, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement