site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गीतले नै मलाई खोज्छ
Sarbottam CementSarbottam Cement

केही दिनअघि गायिका प्रीति आलेले गाएको तीज गीत ‘फरिया लरिलै बरिलै...’ सार्वजनिक भयो । नयाँ पुस्तालाई लक्षित गरी गाएको गीत मौलिक लय र भिडियोबाट केही टाढा देखिन्छ । नयाँ पुस्तालक्षित भएकाले टिपिकल नभए पनि पचाउनै नसकिने भने नरहेको र पछिल्लो पुस्ताले मन पराएको प्रीति बताउँछिन् । शब्दअनुसारकै भिडियो निर्माण भएको भन्दै आपत्ति जनाउनुपर्ने खालको भिडियो नभएको उनी दाबी गर्छिन् । गीतबाट आएको मिश्रित प्रतिक्रियालाई आफूले सकारात्मक रूपमा लिएको भन्दै प्रीति आफू पहिरनमा निकै सचेत रहेको बताउँछिन् । उनै गायिका आलेसँग बाह्रखरीेले गरेको कुराकानी  :

केही दिनअगाडि सार्वजनिक तीज गीत ‘फरिया लरिलै बरिलै...’ मा मिश्रित प्रतिक्रिया आएको हो ?
हो, यो गीतमा दुवै खालका प्रतिक्रिया आइरहेका छन् । नयाँ पुस्ताले मन पराउनुभएको छ । तर पुरानो पुस्ता जो पुरानै प्रकृतिका तीज गीत मन पराउनुहुन्छ उहाँहरूले केही असन्तुष्टि जनाउनुभएको छ । जो मौलिक गीतको अपेक्षा गर्नुहुन्छ उहाँहरूले चित्त दुखाउनुभएको छ । 

गीतमा शब्द–संगीतअनुसार उच्चारण नभएकाले अपेक्षितभन्दा फरक भयो भन्ने टिप्पणी आयो नि ?
पुरानो गीत चाहनेहरूले आपत्ति जनाउनुभएको हो । तर नयाँ पुस्ताका भाइ–बहिनीहरूले धेरै नै मन पराउनुभएको छ । त्यसैले एकदम धेरै बिग्रियो भन्ने पनि होइन र साँच्चै मौलिक छ पनि म भन्दिनँ । 

संस्कृतिसँग जोडिएको तीज गीतको भिडियो भएन भन्ने थुप्रै प्रतिक्रिया आए । ड्रेसअप अलि भड्किलो भएकै हो ?
जहाँ चर्चा त्यहाँ विवाद, जहाँ विवाद त्यहाँ चर्चा हुन्छ । ‘फरिया लरिलै बरिलै...’ बजारमा आउनुभन्दा अगाडि र त्योभन्दा पछि आएका तीज गीतको भिडियोमा हाफ पाइन्ट मात्रै लगाएर उफ्रिएका पनि छन् । तर ती गीत चर्चामा नआएका कारण तिनीहरूको टिप्पणी भएन । मेरो गीत चर्चामा आयो त्यसैले केही टिकाटिप्पणी भयो । यसलाई मैले स्वाभाविक रूपमा लिएको छु । 

Prabhu Bank
Agni Group
NIC Asia

रचनाकार तथा गायक एकनारायण भण्डारीले नै भिडियोमा असन्तुष्टि जनाउनु भयो नि ?
कसको काम के हो भन्ने हो । एकनारायण दाइको शब्द लेख्ने हो, लेख्नुभयो । मेरो काम गाउने हो गाएँ । शब्द लेखिसकेपछि मैले गाएँ । त्यसपछि गीत भिडियो मेकिङको प्रक्रियामा जान्छ । त्यो दाइको क्षेत्रभन्दा बाहिरको कुरा हो । गीतको शब्दले के मागेको छ त्यसअनुसार भिडियो बनाउने हो । अरूले गरेको काममा सन्तुष्ट हुन पनि पाइयो असन्तुष्टि जनाउन पनि पाइयो । 

एकनारायणलाई प्रीतिलाई किन गीत दिएको, उनले गाएकै कारण गीत भड्किलो भयो भन्नेलाई तपाईंको जवाफ के छ ?
भड्किलो त फिटिक्कै होइन । दोहोरी गीत योभन्दा कति भड्किला छन् । त्यस्ता गीतलाई पनि हामीले सुनिरहेको, हेरिरहेको र स्वीकार गरिरहेको पनि हो । त्यसैले मेरो यो गीत भड्किलो भयो भनेर म स्वीकार गर्ने पक्षमा छैन । गाला जोडेको र मुख जोडेको नेपाली गीतको भिडियो कति छन् छन्, ती भिडियो हामीले हेरिरहेका छौं । तर यो गीतमा त्यस्तो केही छैन । महिला मात्रै भएको भिडियो हो । योभन्दा कति उत्ताउला भिडियो दर्शकले सहज रूपमा लिनुभएको छ । भिडियोभन्दा पनि गीतको शैलीमै केहीले आपत्ति जनाउनुभएको हो । टिपिकल शब्द संगीत चाहनेहरूले आपत्ति जनाउनुभएको हो । नयाँ पुस्ताले मन पराउनुभएको छ, म खुसी नै छु ।

Global Ime bank

कला संस्कृतिसँग जोडिएको लोकगीत गाउनुहुन्छ, तर गेटअप र प्रस्तुतिचाहिँ फरक हुन्छ भन्ने आरोप लाग्छ, तपाईंले यो महसुस गर्नुभएको छ ?
लोक गीत–संगीतमा मेरो पहिरनको पहिचान लोक नै हुन्छ । अधिकांश प्रस्तुतिमा म लोक पहिरन मगर जातिको वेशभूषा लगाएर हिँड्ने कलाकार हुँ । कपाल काटेको र ट्याटु खोपेको भए पनि स्टेजमा लोक पहिरनमै जाने कलाकारमा पर्छु म । पप गीत पनि मेरो विधामा पर्ने भएकाले पप र ब्याटल गाउँदा फरिया चोली लगाएर भएन । जहाँ जे सुहाउँछ त्यो लगाउने मेरो प्रयास हो । 

तपाईंका गीत स्टेजलक्षित बढी भए भन्ने टिप्पणी छ, तपाईंको पहिलो प्राथमिकता स्टेज नै हो ?
हो । कारण स्लो गीत मैले गाएको पनि छैन । गाउँन सक्दिनँ पनि र सुन्न पनि खासै मन पर्दैन । सबै व्यक्तिको एउटै चाहना हुन्छ भन्ने पनि छैन । म रमाइलो खालको भएकाले पनि होला मलाई फास्ट गीत नै मनपर्छ । र हामीलाई स्टेजमा धेरै चाहिने पनि फास्ट गीत नै हो । स्टेजमा धेरै हिँड्ने हामीलाई दर्शक नचाउन पनि फास्ट बिटका गीत चाहिन्छ ।
 
लोक होइन रकपप जनरा तपाईंलाई सुहाउँछ भन्नेलाई के भन्नुहुन्छ ? 
राम्रो सुझाव हो । रकपप पनि मेरो विधा हो । यो मलाई धेरै मनपर्ने विधा हो । 

शब्द चयन र शारीरिक एक्सप्रेसनमा ध्यान नदिँदा बेलाबेलामा विवादमा फसिरहनु हुन्छ, यसमा सुधार गर्न नचाहनुभएको कि नसकेको ?
समयअनुसार हिँड्न खोजेको हुँ । नयाँ पुस्ताले मन पराउन् मेरो चाहना हो । त्यहीअनुसार मैलै नयाँ पुस्तालाई न्याय गर्न खोजेको हुँ । नयाँ पुस्तालाई लक्षित गर्न खोज्दा पुरानो पुस्ताले असन्तुष्टि जनाएको हो । 

विवादले थप ऊर्जा दिने हो ?
मन पराउने धेरै भयो तर विरोध गर्ने थोरै भयो भने ऊर्जा थपिन्छ । तर विरोध गर्ने पनि धेरै हुनुभयो भने मैले मलाई केही सुधार गर्नुपर्छ भन्ने लाग्छ । तर अहिलेसम्म मैले गरेको काममा धेरैले मन पराइदिनुभएको तर थोरैले मात्रै असन्तुष्टि जनाउनु भएकाले खुसी नै छु । दर्शकले मन पराउँदासम्म अहिलेसम्म मैले गाएका गीतकै फ्लेबरका गीत अझै गाउन चाहन्छु । 

साधनाअनुसार गीत छनोट गर्न सक्नुहुन्न भन्ने आरोप छ नि ? 
मैले छनोट गरेर गाउने होइन गीतले नै मलाई छनोट गरेर आउँछ । गीतले नै मलाई खोज्दै आउँछ । ‘फरिया लरिलै बरिलै...’ पनि मैले मागेको गीत होइन । मलाई खोज्दै आएको हो । एकनारायण दाइले प्रीति बहिनी तिमीलाई सुहाउने गीत छ गाइदिनुपर्यो भन्नुभएको हो । त्यसैले गीतले मलाई खोज्दै आउँछ, गीत मैले खोज्ने होइन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC