site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमिताभ बच्चनले ३८ वर्षअघि मृत्युलाई पराजित गरेको कथा
Sarbottam CementSarbottam Cement

“चिरञ्जीवी अमिताभको दशामा पर्याप्त सुधार, तर, अहिले उनलाई इन्टेन्सिभ केयर युनिटमा राखिएको छ । सायद १५ दिन अझै राख्नुपर्छ । सामान्य अवस्थामा आउन सायद महिनौं लाग्ला । चिन्ता, शुभकामना, प्रार्थनाका लागि आभारी”– बच्चन । यी पंक्तिहरु दिवंगत हरिवंशराय ‘बच्चन’ को त्यो पत्रको हो, जो उनले मलाई १९८२ अगस्ट १० मा पठाएका थिए । त्यो बेला अर्थात् आजभन्दा ३८ वर्षअघि उनका पुत्र अमिताभ बच्चन मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा जीन्दगीका लागि लडिरहेका थिए । 

अमिताभ बच्चनले ७७ वर्षको जीन्दगीमा कैयौं पटक बिरामीका कारण अप्ठ्यारो अवस्थाको सामना गरिसकेका छन् । खुशीको कुरा उनी सधैं बिरामीमाथि विजय हासिल गर्दै आएका छन् । 

यतिबेला उनी एक पटक फेरि अहिलेको सवैभन्दा भयावह बिरामी कोरोना भाइरसबाट संक्रमित छन् । जुलाई १२ को राति करिब ११ बजे अमिताभ बच्चनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएपछि उनमा संक्तमण देखिएको खबर बाहिरियो । समाचारले सवैलाई आश्चर्यचतिक तुल्यायो– अमिताभ जस्ता व्यक्तिलाई कसरी कोरोना भाइरस संक्रमण हुन गयो ? 

Prabhu Bank
Agni Group
NIC Asia

अमिताभ बच्चनमा सक्रमण देखिएको समाचार बाहिरिएको केही समयपछि उनका पुत्र अभिषेक र त्यसको भोलिपल्ट उनकी पुत्रवधु (बुहारी) ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण भएको समाचारले बच्चन परिवारका शुभचिन्तहरुमा थप चिन्ता बढायो । 

अमिताभका बारेमा बढी चिन्ता यसकारण पनि बढेको छ कि उनको उमेर ७७ वर्षको छ, साथै उनी अन्य केही रोगहरुबाट पनि ग्रसित छन् । यहाँसम्म कि उनको फोक्सो केवल २५ प्रतिशत भागले मात्रै काम गर्छ । 

Global Ime bank

आज पूरै देशमा अमिताभको स्वास्थ्यका बारेमा बेचैनी बढेको छ । मिडियाहरुमा उनको स्वास्थसँग सम्बन्धित समाचारहरु अरुभन्दा अगाडि आप्mना पाठक, दर्शकसामु पुर्‍याउने होडबाजी चलेको छ । देशका विभिन्न क्षेत्रमा उनको स्वास्थ्य लाभको कामना गर्दै घरदेखि मन्दिरसम्म पूजा–अर्चाना भइरहेको छ । 

३८ वर्ष अघि 

ठीक ३८ वर्ष अघि जुलाई १९८२ मा पनि पूरै देश अमिताभ बच्चनको स्वास्थ्यका लागि अहिलेको भन्दा बढी नै चिन्तित थियो । कोही उनको लामो उमेरका लागि हवन, यज्ञ गरिरहेका थिए भने कोही नवग्रहको पूजा, कोही गुरुद्वारामा ‘अरदास’ (प्रार्थना) गरिरहेका थिए भने कोही पीर बाबाको ‘दरगाह’ मा पुगेर आशिर्वाद मागिरहेका थिए भने कोही चर्चमा पुगेर प्रभुसँग प्रार्थना गरिहरका थिए । 

त्यो समय थियो, जब २६ जुलाई १९८२ मा बेंगलुरुमा फिल्म ‘कुली’ को एक स्टन्ट सीनको छायांकनका दौरान अमिताभ बच्चन गम्भीर घाइते भएका थिए । नाम चलेका चिकित्सकहरुले उनको उपचार गर्न नसकिनेभन्दै हात खडा नै गरेका थिए । देशभर उनको अवस्था ‘क्रिटिकल’ रहेको समाचार फैलिएका कारण सवैको स्वास रोकिएको थियो । 

त्योबेला अहिले जस्तो भारतमा न न्युज च्यानलहरु थिए, न अहिलेको जस्तो सामाजिक सञ्जाल । यसका बाबजुद पनि कुनै फिल्मी स्टारका प्रपहिलो पटक जसरी देशव्यापी चिन्ता देखियो थियो त्यो क्षण न त्यसअघि देखिएको थियो, न आगामी दिनमा नै देखिने छ । 

अमिताभका साथ ‘कुली’ को छायांकनका दौरान यो घटना हँुदा उनी ४० वर्षका थिए । जसको उमेर अहिले ४० भन्दा कम छ उनीहरु ३८ वर्ष अघि अमिताभ घाइते हुँदा देश कसरी दुःख मनाउ गरिरहेको थियो भन्ने बारेमा थाहा छ्रैन । त्यो बेला भारतमा जुन प्रकारको दृष्य देखिएको थियो त्यो अहिले कल्पना पनि गर्न सहज छैन । 

म अमिताभ बच्चनलाई पछिल्ला ४३ वर्षबाट नजिकबाट नियाली रहेको छु । उनको पिता, सुप्रसिद्ध कवि र लेखक डा. हरिवंशराय बच्चन मेरा मार्गदर्शक हुन् ।

डा. बच्चनसँगको घनिष्ठताका कारण मलाई उनकै घरमा अमिताभ बच्चनसँग भेट्ने अवसर १९७६–१९७७ बाटै मिलेको थियो । त्यो बेला न त मोबाइल थिए, न त फोनमै कुरा गर्न सहज थियो । तर,  पत्रका माध्यमबाट डा. बच्चनसँग नियमित कुरा भइरन्थ्यो । 

यस कारण अमिताभ बच्चन बेंगलुरुमा गम्भीर घाइते भएर थप उपचारका लागि मुम्बईको ब्रीच क्यान्डीमा रिफर गरिएपछि मेरो लगातार डा. बच्चनसँग पत्रका माध्यमबाट हुन्थ्यो । कहिलेकाँही उनीसँग फोनमा कुरा गरेर पनि म अमिताभको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन्थे । 

के थियो ‘कुली’ को त्यो घटना 

अमिताभ बच्चन जुलाई १९८२ मा केही दिनदेखि लगातार बेंगलुरुमा ‘कुली’ फिल्मको सुटिङ गरिरहेका थिए । बेंगलुरुमा सुटिङको मुख्य कारण थियो त्यहाँको रेलवे स्टेसन । यस्तो प्रकारको स्टेशनमा सुटिङका लागि मुम्बईमा अनुमति मिलिरहेका थिएन । तर, बेंगलुरु स्टेशनमा फिल्म सुटिङका लागि अनुमति पाएपछि मनमोहन देसाई आप्mनो युनिट लिएर बेंगलुरु पुगे । 

सुटिङ सुरु भएको केही दिन पुगिसकेको थियो । केही दिनपछि अमिताभले मुम्बईबाट पत्नी जया बच्चन, छोराछोरी स्वेता र अभिषेकलाई वीकेन्ड (सप्ताहन्त) मा २४ जुलाईमा बेंगलुरु बोलाए । 

अमिताभ बेंगलुरुको रेसकोर्स रोडमा अंग्रेजको पालाको एक पुरानो र चर्चित पाँच तारे होटल ‘वैस्ट एन्ड’ मा बसेका थिए । हरेक दिनझै २६ जुलाईमा पनि अमिताभ सुटिङका लागि निस्किदा कसैलाई थाहा थिएन कि त्यो दिनले अमिताभ बच्चनको संसार नै परिवर्तन गर्ने छ, उनका लागि एक नयाँ इतिहास लेख्ने छ । 

त्यो दिन बेंगलुरु युनिभर्सिटीको ज्ञान भारती परिसरमा सुटिङ सेट निर्माण गरिएको थियो । अमिताभ सेटमा पुगेर कुलीको गेटअपमा आइसकको थिए । एक फाइट सीनमा फिल्ममा खलनायाकको भूमिकामा रहेका अभिनेता पुनीत इस्सरले अमिताभको पेटमा मुक्का बजारे । 

रिहर्सलका दौरान यो सीन सहजै भएको थियो । तर, सुटिङको फाइनल टेकमा अमिताभका पछाडि एक बोर्ड आयो जसमा अमिताभ ठोक्किए र त्यहाँ केही यस्तो भयो, पुनीतको मुक्का अमिताभको पेटमा यति जोडले बजारियो कि उनी पीडा सहन नसकेर चिच्याए । 

सीन ओके भयो तर अमिताभको पीडा बढेदै गएको थियो, उनी अत्यन्तै अप्ठ्यारो गरेर झुक्दै एउटा कुर्सीसम्म पुगे । दुखाइ कम नभएपछि उनी तयही एका पट्टी गएर सुते । त्यति बेलासम्म कसैलाई पनि अमिताभका साथ दुर्घटना भएको कसैलाई जानकारीसम्म भएन । अमिताभ बच्चनले यो घटनाको जिकिर आप्mनो ब्लगमा तीन–चार पटक अलग–अलग ढंगले गरेका छन् । 

अगस्ट २००९ मा पनि अमिताभले ब्लगमा उक्त घटनाका बारेमा लेखेका थिए । उनले लेखेका थिए, “सीन कट भएसँगै अत्यन्तै धेरै दुख्न थाल्योे । जबकी स्कूलमा बक्सिङका दौरान मैले कैयौं पटक मुक्का खाएको थिएँ तर त्यसको दुखाइ केही समयपछि आफैं ठीक हुन्थ्यो । तर, यो दुखाइ सहनै सकिरहेको थिएन । दुखाइ ठीक नभएपछि मैले मनजी (मनमोहन देसाई) आफूलाई असहज भइरहेको बताए । त्यो दिनका लागि उनीसँग छ्ट्टी दिन भने । मनजीसँग कार लिएर होटलका लागि रवाना भए । त्यहाँबाट होटलसम्मको ४५ मिनेटको खाल्डाखुल्डी भएके बाटो पनि अत्यन्तै कष्टकर थियो ।” 

उनले बल्गमा होटल पुगेलगत्तै विस्तरामा खसेको उल्लेख गरेका छन् । अमिताभले भनेका छन्, “म भित्र जयालाई मुम्बईबाट मेरा निजी चिकित्सक डा. शाहलाई चाँडै बोलाउ र बच्चहरुलाई घर फिर्ता पठाइदेउ भन्नेमात्रै हिम्मत बचेको थियो ।” 

अमिताभको बिग्रदो स्वास्थय अवस्था देखेर जया बच्चन विचलित भइन् । उनले आप्mना स्टाफसँग बच्चहरुलाई मुम्बई पठाइन् र देवर अजिताभलाई फोनमा सवै घटनाका बारेमा भनिन् । उनलाई बिहानै डाक्टरका साथ बेंगलुरु आउन भनिन् । 

उता रातिनै मनमोहन देसाईले त्यहाँका दुई डाक्टर बोलाएर अमिताभलाई देखाए । तर, डाक्टरहरु दुखाइ कम गर्ने औषधि र इन्जेक्सन दिएर फर्किए । अमिताभलाई खासै केही नभएको उनीहरुको भनाइ थियो । तर, अमिताभ रातभर अर्धबेहोसीको अवस्थामा दुखाइका कारण छट्पटाइ रहे । 

बिहान २७ जुलाईमा अजिताभ मुम्बईबाट डाक्टर शाहलाई लिएर बेंगलुरु पुगे । उनले सँगै एक्स–रेको एक पोर्टेबल मेसिन पनि ल्याएका थिए । एक्स–रे लिइयो । 

तर, अमिताभलाई यताउता हल्लिन पनि गाह्रो भइरहेको थियो । डाक्टर शाहले स्थानीय डाक्टरसँग सल्लाह गरेर अमिताभलाई त्यहीको सेन्ट फिलोमिना अस्पतालमा भर्ना गराए । 

त्यतिञ्जेलसम्म यो समाचार पूरै देशमा फैलिसकेको थियो । पहिला देशभरका दिवाकालीन र सान्ध्यकालीन अखबारमा र अर्को दिन सवै अखबारहरुमा यो समाचारले चर्चा पायो । रेडियोमा पनि अमिताभ अस्वस्थय भएको समाचार प्रशारण भयो । 

फिलोमिना अस्पतालमा त्यो समय अमिताभ बच्चनको उपचार गरेका एक डाक्टर जोसफ एन्थनीले ती दिन स्मरण गर्दै २०१२ मा एक टीभी इन्टरभ्युमा भनेका थिए, “म पहिले अमिताभलाई चिन्थेन । अस्पताल बाहिर लागेको भीड देखेर उनी ठूलो फिल्म स्टार हुन भन्ने थाहा पाएँ । पछि हामीले अमिताभलाई भर्ना गरिएको पूरै करिडोर केवल उनका लागि रिजर्भ गरिदियौं ।” 

अमिताभको बिरामी कसैलाई पनि पूर्णरुपले थाहा हुन सकेको थिएन । अर्कोतिर अमिताभ बच्चन दुर्घटनामा परेको यो समाचार यति फैलिसकेको थियो कि उनका प्रशंसक बेचैन भइसकेका थिए । 

जुलाई १९८२ सम्म अमिताभ बच्चन जंजीर, अभिमान, चुपके चुपके, हेराफेरी, दीवार, शोले, दो अनजाने, कभी–कभी, अमर अकबर एन्थनी, परवरिश, डान, त्रिशूल, मुकद्दरका सिकन्दर, लावारिस, नसीब, सत्ते पे सत्ता र नमक हलाल जस्ता कैयौं सुपर हिट, जुबली फिल्म दिएर देशका सवैभन्दा ठूला सुपर स्टार बनिसकेका थिए । 

उता फिलोमिना अस्पतालमा अमिताभको बिग्रदो स्वास्थ्य देखेर सवै परेशान थिए । अस्पतालको कोठा नम्बर ७ मा अमिताभ बेहोसी अवस्थामा लगातार दुखाइबाट तड्पिरहेका थिए । उनलाई स्वास फेर्न पनि कठिनाइ भइरहेको थियो । अवस्था यस्तो देखिन्थ्यो कि उनी कुनै पनि समयमा कोमामा जान सक्थे । 

कोठा बाहिर बसेका जया, अजिताभ र अमिताभका साथी हबीब नाडियाडवाला के गर्ने भन्ने बारेमा निर्णय नै लिन सकिरहेका थिएनन् । अमिताभको कठिन घडीमा  उनी कहाँ पारिवारिक मित्र फिल्मकार यश जौहर पनि पुगे । 

अनी उनीहरुले अमिताभलाई बेलुकीको फ्लाईटबाट मुम्बई ल्याउने निर्णय गरे । निर्णय गरेपछि मात्रै अस्पतालमा सर्जरीका लागि प्रख्यात युरोलोजिस्ट डा. हन्ट्टगडी शशिधर भट्ट आएका थाहा भयो । उनी यति चर्चित र सम्मनित थिए कि उनलाई ‘फादर अफ युरोलोजी इन इन्डिया’ पनि भनिन्थ्यो । 

डा. भट्ट अन्य कुनै बिरामीको अपरेशन थिएटरमा जाँदै गर्दा जया बच्चनले उनलाई एक पटक अमिताभको अवस्था बुझिदिन आग्रह गरिन् । उनी सहमत भए । डा. भट्टले अमिताभको चोट लागेको भाग हेरिसकेपछि एक्स–रे हेर्दा उनी आश्चर्यचकित भए । 

अमिताभ बच्चनले यो घटनाका बारेमा एक पटक जिकिर गर्दै भनेका थिए, “डा. भट्टले मेरो कोठाको ढोकामा उभिएर जोडले भने– यिनलाई अहिलेनै अपरेटिङ टेबलमा लिएर आउनुस् । नत्र बेलुकीको फ्लाईटबाट तपाईंहरुले यिनको डेड बडी लिएर जानुपर्ने छ ।” 

अमिताभको सर्जरी पछि पहिलो पटक आन्द्रा फुटिसकेको थाहा भयो । विष पूरै पेटमा फैलिसकेको थियो । र अब त्यसले शरीरका अन्य अंगमा हमला गरिरहेको थियो । 

अपरेसनपछि अमिताभको शीरमा मडराइरहेको मृत्युको खतरा केही मसयका लागि भने टर्‍यो । तर, फिलोमिनामा सीमित सुविधाहरु थिए । सोही कारण डा. भट्ट, डा. एन्थनी र डा. शाहले अमिताभलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा रिफर गर्ने निर्णय लिए । 

अमिताभको अवस्था हेर्दा उनलाई मुम्बई ‘शिफ्ट’ गर्नु पनि जोखिमको काम थियो । त्यो समयमा एयर एम्बुलेन्सको व्यवस्था थिएन । चार्टड प्लेनमा जान पनि कैयौं समस्याहरु थिए । सोही कारण यश जौहर र जया बच्चनले इन्डियन एयरलाइन्सका उच्च अधिकारीहरु र मन्त्रालयसम्म कुरा गरे । पछि इन्डियन एयरलाइन्सले विमानको अगाडिको भागबाट बिजनेस क्लासका सीटहरुको तीन पंक्ति हटाएर मिनी आईसीयू जस्तो व्यवस्था गर्‍यो । त्यहाँ एउटा स्ट्रेचरमा अमिताभलाई सुताइयो । 

विमानमा जया, अजिताभ, हबीब, मनमोहन देसाई र यश जोहरका साथ डाक्टरहरु शाह र कमान्डिङ नर्स अमारिया पनि टीमका साथ थिए । जावेद अख्तर र उनकी पहिलो पत्नी हनी ईरानी पनि त्यही थिए । 

विमान ११ जुलाइ राति करिब १ बजे बेंगलुरुबाट उडान भरेर राति ३ बजे पछि मुम्बई पुग्दा मुसलाधारे वर्षा भइरहेको थियो । तर, त्यसका बाबजुद अमिताभको एक झल्को पाउन त्यहाँ ठूलो भीड लागेको थियो । 

एअरपोर्टमा भीड हेरेर अमिताभ बच्चनलाई स्ट्रेचरलाई फूड सर्भिस करियरमा राखेर चुपचाप बाहिर ल्याइयो । त्यहाँबाट एम्बुलेन्समा अमिताभलाई ब्रीच क्यान्डी पुर्‍याइयो । बीबीसी हिन्दीबाट 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  ०५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC