site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जापानी अभिनेता हारुमा मिउराको मृत्यु
Sarbottam CementSarbottam Cement

एजेन्सी । जापानी अभिनेता हारुमा मिउराको निधन भएको छ । ‘अटैक अन टिटन’, ‘किमी नी तोडोके’ मा निभाएको भूमिकाका लागि परिचित अभिनेता हारुमाको शनिबार मृत्यु भएको हो । 

३० वर्षीय अभिनेताले आत्महत्या गरेको हुनसक्‍ने प्रारम्भिक अनुमान छ । टोक्योस्थित उनकै अपार्टमेन्टमा अचेत भेटिएका उनको अस्पताल लग्‍नेक्रममा मृत्यु भएको हो । तर उनको मृत्युबारे भने कुनै ठोस कारण पत्ता लागिसकेको छैन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले उनको मृत्युबारे अनुसन्धान गरिरहेको  जनाइएको छ ।  

मिउराले टिभीबाट अभिनय यात्रा सुरु गरेका थिए । उनले सन् १९९७ मा एनएचके टिभीको ‘अग्री’ नामक नाटकबाट अभिनय यात्रा सुरु गरेका थिए । 

Global Ime bank

उनले सन् २००६ मा चलचित्र ‘क्याच अ वेभ’बाट चलचित्रमा डेब्यू गरेका हुन् ।  त्यसपश्चात सन् २०१० मा ‘किमी इन तोडोके’, सन् २०११ मा ‘टोकियो पार्क’, र ‘टिटन’ मा अभिनय गरेका थिए । 

उनको पछिल्लो चलचित्र ‘लिटल नाइट्स, लिटल लभ’ सन् २०१९ मा आएको थियो । 

चलचित्रसँगै उनी टेलिभिजन ड्रामामा पनि उतिकै सक्रिय थिए । रंगमञ्‍चमा पनि उतिकै सक्रिय मिउराले पछिल्लो समय गायनमा पनि करियर सुरु गरेका थिए ।

सन् २०१९ मा ‘फाइट फर योर हार्ट’ शीर्षकको एकल गीत रिलिज गरेका उनको अर्को गीत जुलाई २३ मा रिलिजको तयारीमा थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC