site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कोरोना महामारीकाबीच अमेरिकन म्युजिक अवार्ड हुने 
Sarbottam CementSarbottam Cement

एजेन्सी । सांगीतिक क्षेत्रको ठूलो अवार्ड ‘अमेरिकन म्युजिक अवार्ड’२०२० आयोजना हुने भएको छ । अमेरिकन टेलिभिजन च्यानल एबीसी र यसको निर्माण कम्पनी डिक क्लार्कले अवार्ड यहि वर्षको नोभेम्बर २२ मा आयोजना हुने घोषणा गरेको हो । 

अवार्डमा मनोनितहरुको घोषणा अक्टोबरमा गरिने छ । अक्टोबरमा घोषणा गरिने नामांकनहरूमा पप र रक, अल्टरनेटिभ रक, कन्ट्री, र्‍याप र हिप-हप, सोल-आर एंडबी, ल्याटिन, ईडीएम जस्ता कोटीहरू समावेश छन् भने यस वर्षका नयाँ कलाकारका लागि पुरस्कार, कोल्याब्रेसन अफ द इयर, भिडियो अफ दी इयर, मनपर्ने गीत, र आर्टिस्ट अफ द इयर पनि प्रदान गरिने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि समारोहमा दर्शक उपस्थित हुन पाउने वा नपाउने र समारोहको ढाँचाबारे भने केही उल्लेख गरिएको छैन । 

गतवर्ष गायिका टेलर स्विफ्टले ६ विधामा अवार्ड प्राप्त गरी जम्मा २८ विधामा पुरस्कार जितेर एएमएको इतिहासमै अहिलेसम्मकै सबैभन्दा धेरै अवार्ड प्राप्त गर्ने गायिका बनेकी थिइन् । 

Global Ime bank

उनले पपका राजा माइकल ज्याक्सनलाई पनि पछि पारेकी हुन् । माइकल ज्याक्सनले जम्मा २४ विधामा अवार्ड आफ्नो नाममा पार्न सफल भएका थिए ।

अवार्ड समारोह एबीसी च्यानलबाट प्रसारण गरिने छ । - इन्डियन एक्सप्रेस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC