site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डले नेताहरुसँग भने– ओलीले मलाई परिबन्दमा पारेर राष्ट्रपति निवास लगे

काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले परिबन्धमा पारेको बताएका छन् । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्ली महाधिवेशनको प्रस्ताव गरेका थिए । प्रचण्डले प्रतिबाद गरेनन् ।  प्रचण्डले कुनै वादप्रतिवाद नगरेपछि नेताहरूलाई ‘शङ्का’ लागेको थियो ।
नेताहरूलाई अविश्वास लाग्ने अर्को कारण पनि थियो– बैठक सकिएपछि प्रधानमन्त्रीसँगै प्रचण्ड लुसुक्क शीतल निवास लागे ।

बैठक सकिएर गठबन्धनका नेता भेट्लान् भन्ने अपेक्षा थियो । तर, सुटुक्क शीतल निवास हानिएपछि अविश्वास बढ्ने नै भयो । त्यतिञ्जेल बाहिर हल्लीखल्ली भइसकेको थियो, प्रचण्ड ओलीसँग लत्रिए । ओली र प्रचण्डको चोचोमोचोको पुनरावृत्ति भयो । बैठकमा माधव नेपालले असन्तुष्टि राखेको कुरा उनको सचिवालयमार्फत बाहिर आइरहेको थियो । त्यसले बाहिर साच्चै सहमति भयो कि क्या हो भन्ने भान पारेको थियो ।

राष्ट्रपति निवासबाट फर्किएपछि प्रचण्डपुत्री गंगा दाहाल (दाहालको सचिवालय सदस्य)ले फेसबुकमा स्ट्याटस लेखेर सहमति नभएको बताए पनि नेताहरू विश्वस्त हुन सकेका थिएनन् । प्रचण्डले आइतबार बिहानै खुमलटार बोलाएर आफूलाई झुक्याएको बताएका हुन् ।

“बैठक सकिनासाथ प्रधानमन्त्री ओलीले निवासतिर जाउँ भन्नु भयो । विष्णु पौडेलले पनि एसएमएस गरेर बोलाउनुभयो,” प्रचण्डले झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता श्रेष्ठलाई दायाबायाँ राखेर भने, “तर, त्यहाँ कुरा अर्कै रहेछ ।”

प्रधानमन्त्री क्वाटर गएपछि राष्ट्रपति निवासबाट बोलावट भएको र जान बाध्य भएको दुखेसो पोखेका थिए ।

“म परिबन्धमा परेँ कमरेडहरू प्रधानमन्त्री ओलीसँग कुनै सहमति भएको छैन । अर्ली महाधिवेशन गर्ने अवस्था छैन । अल्मल्याउने कुरा हो त्यो,” प्रचण्डको प्रस्टोक्ति थियो । राष्ट्रपति कार्यालयमा डेढ घण्टा बसे पनि मूर्त कुरा हुन नसकेको र आफूलाई दिक्क लागेको प्रचण्डले बताएका थिए ।

बाहिर प्रचण्ड–ओलीबीच सहमति भएको समाचार डढेलो बनिसकेपछि हतारहतार छोरीलाई खण्डन गर्न लगाएको पनि उनले बताएका थिए ।

“म परिबन्धमा परेर राष्ट्रपति निवास गएँ । ओलीजीले झुक्याउनुभयो । तपाईंहरू भ्रममा नपर्नुस्, कुनै सहमति भएको थिएन र छैन पनि,” खुमलटार पुगेका एक स्थायी कमिटी सदस्यले प्रचण्डले भनेको कुरा सविस्तार बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro