site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अहिले माहामारीलाई पार गरौं, पछि मैदानमा भेटौंला’
SkywellSkywell

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि चैत ११ गतेदेखि भएको लकडाउन हालसम्म खुलेको छैन । लकडाउनका कारण सबै क्षेत्रमा असर परेको छ । जसमा नेपाली खेलकुद पनि अछुतो रहन सकेको छैन ।

विश्व स्तरमा केही खेलकुद गतिविधि सञ्चालन हुँदा नेपालमा भने प्रशिक्षण सुरुआत हुन पनि धेरै समय लाग्ने देखिन्छ । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मौखिक अनुमतिमा ब्याडमिन्टन र ओलम्पिक छनोट अन्तर्गत करातेतर्फ खेलाडीको प्रशिक्षण सुरु भएको छ । त्यस्तै व्यक्तिगत विधाका अन्य खेलसहित संघलाई पनि मौखिक रुपमा प्रशिक्षण सुरु गर्न अनुमति दिए पनि सुरु हुन भने सकेको छैन ।

हाल फुटबल र क्रिकेट खेलाडी पनि संघको आधिकारिक प्रशिक्षणको प्रतीक्षामा छन् । यता सरकारले अनुमति नदिएको भन्दै राखेपले संघहरूलाई आधिकारिक प्रशिक्षण अनुमति दिनसकेको छैन । विश्व खेलकुद जगतमा फुटबल सुरु भइसकेको छ ।

KFC Island Ad
NIC Asia

इङ्ल्यान्डमा पनि बुधबारबाट अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि सुरु हुँदैछ । अन्य देशहरुले पनि क्रिकेटका गतिविधि सञ्चालन गर्ने योजना सार्वजनिक भइरहेका बेला पाकिस्तान क्रिकेट टोली तीन खेलको टेस्ट र टी–ट्वान्टी सिरिजका लागि इंग्ल्यान्ड प्रस्थान गरिसकेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पासर खड्कासहित केही खेलाडीको समूह केही साता अघिदेखि प्रशिक्षणका लागि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान पुगेका थिए । जहाँ नेपाल क्रिकेट संघ (क्यान) र राखेपले अनुमति दिएको पाइँदैन ।

Royal Enfield Island Ad

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्काले खेल र खेलाडीमा लकडाउनले परेको समस्यालाई मध्यनजर गर्दै प्रशिक्षण सञ्चालन गर्न सरकारले निर्देशन दिएमा खेलाडीलाई सहज हुने बताउँछन् ।

पछिल्लो समयमा विश्व फुटबल जगत मैदानमा उत्रिएको र क्रिकेट पनि आजबाट सुरु हुन लागेकाले यो अवस्थामा सरकार तथा क्यानले पनि खेल सञ्चालनका लागि आवश्यक कदम चाल्दा खेलाडीका लागि सहज हुने खड्काले बताए ।

उनले हाल नेपाली राष्ट्रिय टोलीका काठमाडौंमा रहेका खेलाडीहरुले सानो समूह बनाएर सामाजिक दूरी कायम गर्दै प्रशिक्षण गरिरहेको भए पनि त्यो स्तरको प्रशिक्षणले खेलाडीलाई नपुग्ने बताए । 

“खेल सुरु गर्ने कुरा खेलाडीको हातमा छैन । खेलाडीले माथिल्लो स्तरको निर्णय पर्खिनु बाहेक अन्य उपाय छैन । कोरोनाले गर्दा सबै क्षेत्रमा असर पारेको छ । खेलकुदमा पनि यसले असर पारेको छ । यस्तो अवस्थामा खेलाडीले चाँडै प्रशिक्षण सुरु गर्नुस् भनेर दबाब दिने कुरा पनि भएन,” खड्काले बाह्रखरीसँगको कुराकानीमा भने ।

खड्काले विश्व खेलकुद जगत पछिल्लो समय विस्तारै सुरु भइरहेकाले नेपाली खेलकुद जगत सुरुआतको प्रयास गर्न समेत आग्रह गरेका छन् । उनले अन्य देशले प्रशिक्षण थालेकाले त्यसैको सिको गर्न सकिने खड्काको बुझाइछ ।

“अन्य देशमा पनि अहिले क्रिकेट सुरु हुने अवस्थामा छ । बुधबारबाट इंग्ल्यान्डमा क्रिकेट सुरु हुँदैछ । अन्य देशहरुले पनि प्रशिक्षण गरिरहेका छन् । उनीहरु प्रशिक्षण फर्केको कुरा र खेल खेल्न थालेको कुरालाई हामीले पनि सिको गर्न सक्छौं । तर, यो अवस्थामा मैले पनि केही भन्न सक्दिन । अवस्था चाँडै सामान्य भए मैदानमा भेट गरौंला,” खड्काले भने । 

खड्काले सरकारले निर्देशन दिएमा आफूहरुले सुरक्षित तरिकाले प्रशिक्षण गर्न तयार भएको पनि बताएका छन् । उनले यस्तो अवस्थामा सरकार तथा क्यानलाई खेलाडीले प्रशिक्षण गर्न दबाब दिने कुरा पनि अमानवीय ठहरिने भएकाले कोरोनाको अवस्था सामान्य नहुन्जेलसम्म सेल्फ प्रशिक्षण नै गर्दा सहज हुने बताए ।

“हामी सरकारको निर्देशन कुरिरहेका छौं । निर्देशन आउने बिक्तिकै पुनः प्रशिक्षण सुरु हुनेछ । लामो समयसम्म खेलमा नफर्कँदा खेलाडीलाई असर पर्ने कुरामा दुई मत छैन । सरकारको निर्देशन आएमा हामी त्यसलाई फलो गर्दै अघि बड्ने छौं,” खड्काले भने । 

नेपाली राष्ट्रिय टोलीका केही खेलाडीले अहिले सेल्फ प्रशिक्षण पनि गरिरहेका छन् । काठमाडौंमा हुने केही खेलाडीहरुले सानो समूह बनाउँदै टीयू क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेका छन् । काठमाडौं बाहिर हुने खेलाडीले पनि आफ्नो तरिकाले सेल्फ प्रशिक्षण गरिरहेका छन् । आफूहरुको सेल्फ प्रशिक्षणले पनि केही सकज हुने खड्काले बताए । 

“लकडाउन पहिले पनि राष्ट्रिय टोलीको प्रशिक्षणबाहेक हामी सेल्फ प्रशिक्षण गरिरहेका हुन्थ्यौं । अहिलेको समयमा पनि त्यही गरिरहेका छौं । काठमाडौंमा रहेका खेलाडीहरुले सानो समूह बनाएर प्रशिक्षण गरिरहेका छौं । यो अवस्थाको प्रशिक्षणले पनि हामीलाई पुग्दैन,” खड्काले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro