site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
युट्युबमा ‘एभेन्जर्स एन्डगेम’लाई पनि पछि पार्दै ‘दिल बेचारा’को ट्रेलर
Sarbottam CementSarbottam Cement

एजेन्सी । सुशान्तको अन्तिम चलचित्रको ट्रेलरले युट्युबमा हलिउड चलचित्रलाई पनि उछिन्दै नयाँ रेकर्ड बनाएको छ । सोमबार रिलिज भएको ‘दिल बेचारा’को ट्रेलर युट्युबमा संसारभरिबाट सबैभन्दा धेरैपटक हेरिएको सावित भएको छ ।

रिलिज भएको २२ घण्टाभित्रै संसारभरिबाट यसलाई २ करोड ५५ लाखभन्दा धेरैपटक हेरिसकेको छ । यसका साथै रिलिज भएको २४ घण्टाभित्रै ट्रेलरले ५५ लाखभन्दा धेरै लाइक पाइसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जुन हलिउड ब्लकबस्टर चलचित्र ‘एभेन्जर्स एन्डगेम’ र ‘एभेन्जर्सः इनफिनिटी वार’ भन्दा पनि बढी हो । यी दुई चलचित्रले २४ घण्टाभित्र क्रमशः २९ र ३६ लाख लाइक पाएको थियो ।
‘दिल बेचारा’ को ट्रेलर अहिले युट्युबको ट्रेन्डिङ २ मा छ ।

सुशान्तका दर्शकले ट्विटरमार्फत् यस चलचित्रको ट्रेलरलाई अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको रेकर्ड कायम गर्ने अभियान चलाएका थिए । जसमा उनीहरू सफल भएका छन् । 

Global Ime bank

यो सँगै सुशान्त फ्यान्सले ट्विटरमार्फत् नै खुसीयालाी मनाइरहेका छन् ।

हलिउड चलचित्र र उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दी रिमेक यस चलचित्रलाई मुकेश छाबडाले निर्देशन गरेका हुन् । यस चलचित्रमार्फत् अभिनेत्री सन्जना सांघी डेब्यु गरेकी हुन् ।

विभिन्न कारणले २०१९ मा रिलिज हुन नसकेको यस चलचित्र अन्ततः डिज्नी प्लस हटस्टारमा यही जुलाई २४ मा रिलिज हुँदैछ । 
(नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !