site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘समाचार हटाउने र पत्रकारलाई फौजदारी मुद्दा चलाउने कदम संविधानविपरीत’

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपालको संविधानमा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समाचार हटाउने र पत्रकारलाई फौजदारी मुद्दा चलाउने कदम संविधानविपरीत भएको उल्लेख गरे ।

समाचारका विषयमा सर्वोच्च अदालतबाट जारी आदेशले नेपालको संविधानमा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित गर्न लागेको आशंका उब्जिएको उनले बताए । राज्यका तीनै अंग प्रेस स्वतन्त्रता खोस्न सक्रिय भएको उनको आरोप थियो ।

अध्यक्ष पोखरेलले प्रेस स्वतन्त्रताको रक्षाका निम्ति जस्तोसुकै संघर्ष गर्न तयार रहेको भन्दै अदालतले आफ्नो कदम सच्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रमका सहभागीले संविधानको पालनासहितको प्रेस स्वतन्त्रता उपभोग गर्न सबै स्वतन्त्र भएको बताएका थिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro