site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

बहालवाला उपप्रधानमन्त्री उपेन्द्र यादव वर्तमान गठबन्धन छाडेर सरकार गिराउने षड्यन्त्रमा लागेको आशंकामा सत्तारूढ गठबन्धनका प्रमुख घटकका नेताले यादवको दल जनता समाजवादी पार्टी नेपाल ९जसपा० नै फुटाइदिए । यादव विदेश भ्रमणमा रहेका बेला जसपाका सहअध्यक्षले उस्तै नामको अर्को पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्तासमेत गर्न भ्याइसके । 

विचार नमिलेपछि पार्टी छाड्नु वा फुटाउनु अस्वाभाविक घटना होइन । तर, त्यसको लगाम अरू दलका नेताको र त्यसमाथि प्रधानमन्त्रीसमेतको हात देखिनु भने अस्वस्थ अभ्यास हो । नेपालको राजनीतिमा बेलाबखत यस्तो विकृत राजनीति हुँदैआएकाले जसपाको  विभाजनको खासै ठूलो प्रभाव नपर्न सक्छ ।

निर्वाचन आयोगले देखाएको हतारले पनि यस दलको विभाजनमा सरकारको साथ भएकै सन्देह बलियो हुन्छ । जसपा विभाजनको घोषणा गरिएको पूर्वसन्ध्यामा सत्तारूढ गठबन्धनका ठूला तीन दलका शीर्ष नेतृत्वको लामो बैठक हुनु संयोगमात्र पनि हुनसक्छ । तर, बैठकलगत्तै जसपाको विभाजन हुनु विभाजित समूहले सरकारको समर्थन गर्ने घोषणा गर्नुले भने षड्यन्त्रकै सङ्केत गर्छ ।

उता यादवको नेतृत्वमा रहेको समूहले भने अहिले दल दर्तासम्बन्धी कानुन निष्किय रहेको भन्दै निर्वाचन आयोगको निर्णयलाई चुनौती दिने घोषणा गरेको छ । दल दर्तासम्बन्धी अध्यादेश खारेज भइसकेकाले कानुनीरूपमा दल दर्ता गर्न नमिल्ने जिकिर यादवको दलको रहेको छ । निर्वाचन आयोगको निर्णयको वैधताको निर्क्योल त अदालतले गर्ला नै अहिले दुईवटा जसपा अस्तित्वमा देखिन्छन् ।

Global Ime bank

सत्तारुढ गठबन्धनका अरू दलका नेताको अभिव्यक्तिमा जसपा विभाजनको परकम्प ध्वनित हुनथालेको छ । विशेषगरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुनसक्ने गाइँगुइँ सुनिएपछि पार्टीको संसदीय दलको बैठकले त्यसको खण्डन गरेको छ । हतार हतार गरिएको खण्डनबाट पनि त्यस दलका सांसदहरूको हतास मानसिकता प्रकट हुन्छ ।        

सत्तारुढ गठबन्धनको प्रमुख र निर्णायक घटक नेकपा (एमाले)का महासचिवले त जसपाका अरू सांसदहरूले पनि यादवको साथ छाड्ने भविष्यवाणी सार्वजनिकरूपमै गरेका छन् । यसैले पनि जसपा फुटाउन सत्तारुढ गठबन्धन संलग्न रहेको पुष्टि हुन्छ । जसपा विभाजन गराउन लागेको शक्ति एमालेबाटै फुटेको एकीकृत समाजवादी फुटाउन लागेको छैन होला र ?

सत्तारुढ गठबन्धनकै साना दलहरू फुटाउने षड्यन्त्रमा ठूला दलका नेताहरू सक्रिय हुनु सकारात्मक अभ्यास होइन । नेपालको संसदीय राजनीतिमा ‘धर्को मेटेर’ लामो देखिने नकारात्मक अभ्यास पहिले पनि विशेषगरी २०५२ सालपछि देखिएको थियो । नेपाल मजदुर किसान पार्टीका सांसदहरूको विचलन र राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजन त्यतिबेला निकै चर्चित घटना थियो ।

अरूको पार्टी फुटाउन र सांसद चोर्न निकै सक्रिय भएका नेपाली कांग्रेस र नेकपा (एमाले)को नै अन्ततः विभाजन भएको थियो । दलहरू यसरी विभाजित र कमजोर भएको मौका छोपेर तत्कालीन राजा ज्ञानेन्द्रले लोकतन्त्र नै समाप्त पारेका थिए । अहिले जसपा फुटाएर रमाएका दलका नेताहरूले सत्ताका लागि गरिएको अनुचित अभ्यास प्रत्युत्पादक हुनसक्छ भन्ने पाठ इतिहासबाट सिकुन् ।   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu