site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हरहरमहादेवबाट चोरी गरेको एक महिनापछि गोकर्णेश्वरमा अर्को चोरी गर्दा पक्राउ

काठमाडौं । चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंस्थित शंखरापुर नगरपालिका–१२ का ४० वर्षीय विनोद थापा मगर रहेका छन् ।

प्रहरीका अनुसार उनले गएको चैत ३ गते बिहानको समयमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मा पर्ने हरहरमहादेवस्थित रूपक बस्नेतको घरबाट चोरी गरेका थिए । उनले मोबाइल र ल्यापटपसहितका सामग्री चोरी गरेका थिए ।

त्यसैगरी उनले सोमबारमात्र बिहान ८:३० बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ बस्ने सृष्टि लामाको घरबाट घरमा कोही नभएको अवस्थामा विभिन्न मोबाइल, ल्यापटप र आइप्याडसहितका सामग्री चोरी गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा उनलाई सोमबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रहरीले उनको साथबाट एक थान ल्यापट, १० थान मोबाइल, एक थान आइप्याड र एक थान ट्याब बरामद गरेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro