site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीति चक्र हो, यो घुम्छ रे !
SkywellSkywell

मैलो मैलो सेतो सर्ट, ढाका टोपी लगाएको अन्दाजी ३२/३३ वर्षको एउटा मान्छे (धनपति) घरबाट निस्किन्छ र छोरीको स्कुल ब्याग बोक्छ । सानी छोरी खुसीले साइकलको अगाडि बस्छे । ऊ साइकलको पाइडल मार्न थाल्छ । घरको ढोकाबाट हेरिरहेकी उनकी श्रीमती छोरी र श्रीमान्लाई हात हल्लाउँदै बिदा गर्छिन् । 

“हाडछाला घोटेर रातदिन काम गर्दा पनि छोरीलाई राम्रो स्कुलमा पढाउन सकिएन । साला चुतिया जिन्दगी !” स्कुलको प्रांगणमा मनमनै यसो भनिरहेको ऊ साँझ श्रीमतीसँग एउटै ओछ्यानमा बस्दा पनि यही सोचिरहेको हुन्छ । श्रीमती कपाल कोरिरहेकी हुन्छे ।

अर्को दिन हुन्छ । साइकलको अगाडि छोरी र पछाडि श्रीमतीलाई राखेर धनपति साइकल पेलिरहेको हुन्छ । श्रीमती भन्छिन्, “मैले पनि काम गर्न सके त छोरी पढाउन सकिन्थ्यो है ?”

KFC Island Ad
NIC Asia

फेरि साँझ पर्छ । धनपति भन्छ, ‘के काम जानिसिया छ र ?

जवाफमा उसले भन्छे, “खोज्यो भने घरायसी काम पाइहाल्छ नि !”

Royal Enfield Island Ad

श्रीमतीको यस्तो कुरा सुनेर धनपति सिरकले मुख छोपेर घुँक्कघुँक्क रुन्छ । श्रीमती पनि सँगै सुतिरहेकी हुन्छिन् । 

फ्याक्ट्रि जस्तो लाग्ने घरमा धनपति भन्दै हुन्छ, “कमल सर अलि धेरै पैसा आउने नोकरी मिलाइदिनुस् न । जति दुःख गर्नुपरे पनि गर्छु ।”

कमल पत्रिका पढिरहेको नेताकोमा पुग्छ र भन्छ–“धनपतिको घाउ त पत्तो लाग्यो ।”

नेता भन्छ, “त्यसो भए मलम लगाइदिनुस् ।”

कमल भन्छ, “घाउ अलि पाके पछि मलम लगाउन मजा आउला कि !” 
नेता, “त्यति सजिलो छैन नि त्यसलाई राजनीतिमा तान्न ।”

धनपति भन्छ, “अरु कामका लागि पसिनाका ठाउँमा रगत बहाइदिन्छु सर । तर मलाई राजनीतिको लफडामा नतान्नुस् ।”
साइकलको पछाडि बसेको कमल धनपतिलाई भन्छ–“जिन्दगी चलाउन यिनै काम गर्नैपर्छ । तपाइँ किन पछि हट्नुहुन्छ ?”
आइसक्रिम खाँदै गरेको कमल एक्लै बोल्छ–“क्याहा हुन्छ ठिकै हुन्छ ।”

धनपतिकी श्रीमती खाना बनाउँदै हुन्छिन् । धनपति आलु तासेर उसलाई मायाले आफ्नै हातले खुवाइदिन्छ र आफू पनि खान्छ । “दुःख पर्दा त सबै गहना बेचियो । कमसेकम यो औंठी तस्वयम्बर गर्दा हजुरले मायाले लगाइदिएको चिनो कहिल्यै बेच्दिन भनेको हैन ?”

धनपतिका तीनै जना घुम्न पार्कमा पुग्छन् । आफूजस्तै सानासाना केटाकेटी खेलेको देखेर छोरी आफूलाई पनि खेलाइदिन कर गर्छे । धनपतिको अनुहार हेर्दा सम्भवतः ऊसँग पैसा हुँदैन । धनपति अँध्यारो अनुहार लगाउँछ । उनकी श्रीमतीको मुहारमा पनि त्यही भाव झल्किन्छ । उनी श्रीमानलाई हेर्छिन् । उनीहरुसँग उपाय केही हुँदैन । धनपतिले छोरीलाई दुई हात समातेर घुमाइदिन्छ । श्रीमती एकोहोरो हेरिरहन्छे । उसको मनमा मभावको छटपटी हुन्छ ।

“मलाई नेता बन्नु छैन । छोरीलाई राम्रो स्कुलमा पढाउन र भोक लागेका बेला खान पाए हुन्छ,” व्यस्त सहरमा कमलसँगै हिँड्दै गरेको धनपति भन्छ । 

होटलमा एक जना व्यक्ति सम्झाउँदै धनपतिलाई भन्छन्,–“यो राजनीति भनेको हजुरको परिवारलाई फाप्दैन ।”
“दाइ, यो राजनीति चक्र हो यो घुम्छ रे !” आत्मविश्वासी र उज्यालो चेहरामा देखिएको धनपति उल्टै सम्झाउँदै भन्छ । र, हाँस्छ, हँ...हँ...हँ... ।
० ० ०
तराईको ठूलो फाँटमा रातो झण्डा फहराउँदै दुईटा गाडी गाउँ पुग्छन् । 

नेता बोल्छ, “अब गाउँमै एउटा कार्यक्रम गरेर धनपतिलाई भव्य रूपमा गाउँमा छिराउनुस् । भाषण ठोक्न लगाउनुस् ।” नेता कोठामै बसेर निर्देशन दिइरहन्छ ।  

मालिकले यसो भन्दै गर्दा कमल धनपतिले भाषण गर्दै गरेको सम्झिन्छ । 

धनपति पछाडि दर्जनौं कार्यकर्ताका साथ नेता बनेर हिँडेको देखिन्छ । लगत्तै काठमाडौंको नयाँ सडकमा रहेको एनएसीको भवन अगाडिको सडक देखिन्छ । बन्द गराउँदै राजनीतिक पार्टीका कार्यकर्ता सिंहदरबार अगाडि देखिन्छन् । एम्बुलेन्सलाई समेत उनीहरुले अवरोध पुर्याउँछन् । 

“यसपालिको बन्दले सामन्तवादीको मन जरैदेखि हल्लाइदियो भन्ने मेरो ठहर हो हजुर,” भन्दै कमल आफ्नो नेतालाई रिपोर्ट गर्छ । 
धनपतिः त्यो चोकमा बस्ने जगल्टे नेताहरु पनि हाम्रै पार्टीका मान्छे हुन् ?

कमलः ती केटाहरु सबै पार्टीका साझा लडाकु हुन् । 

बन्दकर्ताहरु ट्याक्सी जलाएर आगो ताप्न मन छ गुरु ? भन्दै ट्याक्सी चालकलाई अवरोध गर्छन् । 

ट्याक्सीमा रहेको विदेशबाट आएका जस्ता लाग्ने कामदारले विदेशमा रगत पसिना गरेर कमाएर यो देश धानेका छौं भन्छ । 
वरिपरी कार्यकर्तासहित हातमा लाठी बोकेको धनपति भन्छ, “अनि के हामी पसिनामात्रै बगाएर बसेजस्तो लाग्यो हँ,” भन्दै आफैं लाठीले ट्याक्सी फोड्न थाल्छ । उसलाई अरु कार्यकर्ताले पनि साथ दिन्छन् । 

“अब धनपति जस्तो मान्छेलाई खोजी खोजी प्रयोग नगर्ने हो भने हाम्रो पार्टीले गती लिन सक्दैन,” नेताले कमललाई यसो भनिरहँदा उनका कार्यकर्ताले सडकमा ट्याक्सीमा आगो लगाएर क्षणभरमै खरानी पारिरहेका हुन्छन् । 

बन्द जारी हुन्छ । बन्दकर्ता अराजक हुँदै जान्छन् । बन्द अबज्ञा गरेको भन्दै माइक्रो, ट्याक्सी, बाइक जलाइरहेका हुन्छन् । सालेलाई गोली ठोक्ठोक् भन्दै बाइकबाट ओरालेर लछारपछार गर्दै खेदाउँछन् । प्रहरी र आन्दोलनकारीबीच झडप हुन्छ । सडक एकै छिनमा रणभूिममा परिणत भएको देखिन्छ । 

एकै छिनअगाडि आन्दोलनको नेतृत्व गरिरहेको धनपति पश्चातापको आगोले जलिरहेको जस्तो एक्लै डाँको छोडेर रुन्छ । 
सँगै चलचित्र धनपतिको रिलिज डेट असार २३ आउँछ र ट्रेलर सकिन्छ । 

यो नेपाली कथानक चलचित्र ‘धनपति’ को ट्रेलरको स्टोरी लाइन हो । 

खगेन्द्र लामिछाने आफैँले कथा लेखेको यो चलचित्रमा खगेन्द्र स्वयम् मुख्य चरित्रमा छन् भने उनको अपोजिटमा सुरक्षा पन्त छिन् । तराईबाट काठमाडौं आएर संघर्ष गर्ने एक व्यक्ति र उसको परिवारको कथा नै चलचित्र ‘धनपति’ को स्टोरी लाइन हो । चलचित्र असार २३ गते अलनेपाल रिलिज हुँदैछ । 

धनपतिलाई ‘पशुपतिप्रसाद’का निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०७४  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro