site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाली सांगीतिक क्षेत्र अझै व्यावसायिक छैन ! 
Sarbottam CementSarbottam Cement

काठमाडौं । संगीतकार दीपक जंगम अझै पनि नेपाली संगीतिक क्षेत्र व्यावसायिक नभएको बताउँछन् । आठ÷दशजनाले सांगीतिक क्षेत्रको आम्दानीबाट जीवन चलाउँदैमा सांगीतिक क्षेत्र व्यावसायिक भयो भन्न नमिल्ने दीपकको तर्क छ । 

“नेपालमा हालसम्म त्रिभुवन विश्वविद्यालयमा तीनवटा कलेजमा मात्रै संगीत पढाइ हुन्छ, त्यो पनि काठमाडौंभित्र मात्रै,” दीपक भन्छन्, “अहिलेसम्म करिब सयजनाले संगीतमा मास्टर्स गरिसकेका छन् । तर उनीहरूलाई व्यवस्थापन गर्न सरकारले के गर्यो ?” संगीतमा स्नातकोत्तर गरेको दक्ष जनशक्ति पनि बेरोजगार हुनुपरेको उनी बताउँछन् । काठमाडौंबाहिर संगीतको शिक्षा विस्तार नगर्ने, कलेजमा पनि रिक्त दरबन्दी पूर्ति नगर्नुले अझै पनि सांगीतिक क्षेत्र व्यावसायिक नभएको र यसतर्फ सरकारको ध्यान नगएको उनी बताउँछन् । 

०३६ सालको राजनीतिक परिवर्तनपछि सांगीतिक गतिविधि केही बढे पनि ०४७ पछि मात्रै गायकले पैसा लिएर गाउन तथा संगीतकारले पारिश्रमिक लिएर संगीत गर्न थालेको संगीतकार जंगम बताउँछन् । तर यसलाई पनि उनी सांगीतिक क्षेत्र व्यावसायिक भएको भनेर बुझ्न नहुने बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

१० र २० को दशकमा भने रेडियो नेपालमा मात्रै गायन सीमित थियो । रेडियो नेपालमा गीत गाउनेबाहेक सांगीतिक क्षेत्रमा अन्य कुनै पनि व्यावसायिक गतिविधि नभएको गीतकार यादव खरेल बताउँछन् । “गीत गाउन सक्ने र संगीत गर्न सक्नेहरूमध्ये पनि निकै थोरैले मात्रै रेडियो नेपालमा गायन तथा वाद्यवादन शाखामा काम पाउँथे,” गीतकार खरेल भन्छन्, “यसबाहेक कुनै पनि सांगीतिक क्रियाकलाप हुँदैन थियो । हरिप्रसाद रिमाल पनि रेडियो नेपालमा गायन होइन प्रशासनमा काम गर्नुहुन्थ्यो ।”

‘यस्तो पनि हुँदो’रैछ जिन्दगीमा कहिले कहिले...’ गीत लेखेबापत् रेडियो नेपालबाट आफूले २० रुपैयाँ पारिश्रमिक पाएको उनी बताउँछन् । 

Global Ime bank

‘गैरी खेतको शिरै हान्यो...’ गीत भारतीय गायिका आशा भोस्लेलाई चार हजार भारुमा गाउन लगाएको स्मरण गर्दै यादव खरेल भन्छन्, “भारतमा त्यो बेला उनीहरू निकै धेरै पारिश्रमिक लिन्थे । तर भारतकै अन्य ठाउँ तथा नेपालमा गीत–संगीत व्यावसायिक छैन भनेर यति उति नभनी जति दियो त्यतिमा गाइदिनुहुन्थ्यो ।”

नारायणगोपाल, गोपाल योञ्जन, तारादेवीको समयमा रेडियो नेपालबाट पाउने पारिश्रमिक र तलबबाहेक पैसाको मोलतोल नै नहुने गरेको उनको अनुभव छ । “मेरो गीत पिउँदा पिउँदै जिन्दगी यो... नारायणगोपाललाई एक रुपैयाँ पनि नदिई गाउन लगाएको हुँ,” खरेल भन्छन्, “राम्रो लागेन भने म गाउँदिनँ भन्नु फरक कुरा हो । नारायण आफूलाई चित्त नबुझेसम्म गाउँदैनथिए । तर पैसाको मोलतोल हुँदैनथ्यो ।”

यता भजन शिरोमणि भक्तराज आचार्यले भने ४० को दशकको सुरुबाटै गायनलाई पेसा बनाए । गायक भएकै कारण भक्तराजले रेडियो नेपालमा जागिर पाएका थिए । 

रेडियो नेपालमा काम गर्दा भक्तराज एकै समय चारतिर काम गर्थे । रेडियो नेपालमै काम गरिरहेका बेला भक्तराजले २०४३ बाट रेस्टुँरामा गजल गाउन सुरु गरेका थिए । 

“रेडियोमा र रेस्टुँरामा गजल गाइरहँदा बुबा (भक्तराज आचार्य) ले विद्यालयमा पढाउनुहुन्थ्यो र घरमै गायक–गायिकाहरू संगीत सिक्न आउनेलाई सिकाउनु हुन्थ्यो,” भक्तराजका छोरा गायक सत्यराज भन्छन्, “बुबाले गायनलाई सुरुदेखि नै पेसाकै रूपमा अगाडि बढाउनुभयो ।”

भक्तराजले ०४३ मा रेस्टुँरामा गजल गाउन सुरु गर्दा त्यअगाडि नै आनन्द कार्कीलगायत केही गायक रेस्टुँरामा गाउन थालिसकेका थिए । तर रेस्टुँरामा विशुद्ध गजल गाउने गायक भने आफ्नो पिता भएको सत्यराज बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !