site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देशमा ठूलो सुरक्षा चुनौती छैन : प्रधानसेनापति 

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले संवेदनशील भूराजनीतिक अवस्था, खुला सिमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौती देखिएको बताए । तर, समाधान नै गर्न नसकिने प्रकारका कुनै चुनौती नरहेको उनले स्पष्ट पारे ।

उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानका आधारमा केही घटना हुने गरेको उल्लेख गरे । ती समस्यालाई स्थानीयस्तरमै राजनीतिक दलहरूले मिलाउने गरेका उनले बताए ।

Dabur Nepal
NIC Asia

उनले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको सुनाए । मंगोल नेसनल अर्गनाइजेसन र पहिचानवादी बेलाबेलामा आन्दोलित हुने गरे पनि त्यो राष्ट्रिय समस्याका रूपमा नरहेको उनले स्पष्ट पारे ।

दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको तर त्यसले सुरक्षामा कुनै असर नपुर्‍याएको उनको भनाइ छ ।

प्रधानसेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालमा पनि केही न केही असर पारिरहेको बताए । उनले भारत र चीनबीच दक्षिण एसियाली क्षेत्रमा बढिरहेको प्रभाव विस्तारको प्रतिस्पर्धा र भारतमा देखिएको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको उल्लेख गरे । त्यसको असर नेपालमा समेत पर्ने उनको बुझाइ छ ।

म्यानमारको आन्तरिक द्वन्द्वका कारण रोहिंग्या शरणार्थी आएर नेपालमा बसेका र तिनले सामाजिक, आर्थिक र धार्मिक समस्या निम्त्याउन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षाका निम्ति छिमेकी देशहरू भारत र चीनलाई कहिल्यै चिढ्याउन नहुने बताए । उनीहरूले नचाहिँदो कुरा गरेमा त्यसको विरोध भने गर्नुपर्नेमा उनले जोड दिए ।

नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लैजानुपर्ने बताए । देशको हितका निम्ति सबैसँग वार्ता गरेर अगाडि बढ्नुपर्ने उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro